सुनिल चौधरी
झुम्का,पौष ६ । ग्रामिण समाज उत्थान केन्द्र (आरएसडिसी) सुनसरीले कृषकहरुलाई सहयोग गर्दै आएको परियोजना अन्तर्गत रहेको कार्यक्रमहरुबारे सुक्रवार ईनरुवामा समिक्षा तथा अभिमुखिकरण गरेको छ । वल्र्ड भिजनको सहयोगमा सन् २०१९ कालागी सुरु गरिने जिल्ला स्तरीय परियोजना समिक्षा तथा अभिमुखिकरण गर्दै सुझाव लिएका हुन् ।
परियोजना संयोजक सन्तोष चौधरीले कार्यक्रम तथा बजेटहरुको बारेमा जानकारी गराएका थिए । चौधरीले कार्यक्रमको बारेमा जानकारी गराउदै सन् २०१९ को बजेट ४४ लाख १ हजार ३ सय ३८ रुपैया रहेको बताए । रामधुनी,ईटहरी,ईनरुवा नगरपालिका र गढी गाउपालिकाका बिभिन्न वडामा कार्यक्रम सञ्चालन हुने जानकारी दिएको छ ।
सुनसरीका उत्पादकहरुको आर्थिक शसक्तिकरणकालागी किसानहरुको ५४ वटा समुह निर्माण गर्दै कृषि सम्बन्धि सहयोग गर्ने छन् । उनीहरुको उत्पादन क्षमता अभिबृद्धि तालिम,कृषि सामाग्री अनुदान दिने जनाएको छ । सहयोगकालागी रामधुनी वडा नं. १,२,३,४ र ५ का किसानहरुमा लागु गरिने जनाएको छ । संस्थाले निर्माण गरेको सो समुहहरुमा सहयोग गर्ने संयोजक चौधरीले बताए । संस्थाले कृषकहरुलाई सिचाईकालागी बोरिङ्ग,बजार साक्षरता तालिम,बिपन्न बर्गका कृषकरुलाई स्मार्ट सबसिडीको उपलब्ध गराउदै आएको छ ।
चौधरीका अनुसार यस परियोजनाबाट कृषकहरुमा उत्पादनमा बृद्धि,कृषक र ब्यवसायीहरुमा पहुच, आधुनिकीकरण खेतीपातिमा जानकारी,अर्गानिक उत्पादनमा टेवा पुग्ने बताए । वल्डभिजनले सञ्चालन गर्दै आएको परियोजनाबाट कृषकहरु लाभाम्वित हुदै आएका छन् ।
आरएसडिसी संस्थाले संचालन गर्ने योजनाबाट कृषकले प्रत्यक्ष लाभ लिन सकिने कार्यक्रममा उपस्थित अतिथीहरुले बताए । यसका साथै कृषि नितिमा सुधार हुन सके कृषकहरु उत्साहित हुने र त्यसबाट पनि उत्पादनमा बृद्धि हुनसक्ने उनीहरुले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीकी उपप्रमुख कृषण कुमारी बिक,रामधुनी नगरपालिकाका मेयर जयप्रकास चौधरी,रामधुनी १ वडा अध्यक्ष महेश चौधरी,ईनरुवा ७ वडा अधयक्ष किशोर सिंह,ईनरुवा उधोग बाणिज्य संघ अध्यक्ष पञ्च देव मेहता, लगायत अगुवा कृषहरुको उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen