सुनिल चौधरी
झुम्का,मंसिर २८ । रामधुनीलाई बालमैत्रि नगर निमार्णकालागी सुक्रवार नितिगत योजना बनाएका छन् । नतिजामुखि योजना सहित नगरको समपुर्ण वडाहरुलाई प्रकृयागतरुपमा घोषणा गर्दै २०७६ चैत्र मसान्त सम्ममा बालमैत्रि नगर घोषणा गर्ने लक्ष्य लिएका हुन् ।
बालमैत्रि अबलम्बन तथा घोषण सम्बन्धि अभिमुखिकरण गर्दै यहि पुष महिनाबाट सुरु गर्ने सहमति जनाएको हो । जनप्रतिनिधि, बिषयगत समिति, बाल सञ्जाल,राजनितिकदल,समाजिक संस्थाको प्रतिनिधिहरुको सहभागीतामा बालमैत्रि नगरपालिका घोषणा र दिगोपनकालागी सामुहिक प्रतिबद्धता जनाए ।
योजनामा प्रत्येक वडामा बालमैत्रि सुचकको कार्यन्वयन,कार्यपालिकाको बैठकबाट नितिगत निर्णय,वडा स्तरीय अभिमुखिकरण समिति गठन, बालश्रमको अवस्था संकलन,बिध्यालय ब्यवस्थापन समितिको बैठकमा बालबालिकालाई सहभागी गर्ने गरेको अवस्था,बाल समुहको गठनको निरन्तरता,नगर सहजकर्ता चयन,सुचक सरलिकरण गर्ने रहेको छ । त्यस्तै बालबालिकाको बस्तुगत स्थिती,बालकोष स्थापना,अध्यन अबलोकन,बालअधिकारकालागी आवधिक तथा बार्षिक लगानी र बालबालिकाको अवस्था स्थिती प्रतिवेदन प्रस्तुत गर्दै घोषणा गर्ने योजना रहेको प्रमुख हर्षलाल चौधरीले बताए ।
नगरपालिका,वडाकार्यालय,नगरवासि जवाफ देहिताका साथ लागिपरे समयमै घोषणा गर्न सक्ने मेयर जयप्रकास चौधरीले धारणा ब्यक्त गरे । बिकास र समृद्धिको पाटो समेत रहेकोले बालमैत्रि नगर निर्माणमा सजग भएर ब्यवहारमा लागु गर्दै अगाडी बढ्नेमा मेयर चौधरीले आफनो प्रतिबद्धता जनाए । कार्यतालिका बनाएर प्रत्येक वडा आजैबाट लाग्नु पर्ने उपमेयर सबिना चौधरीले सुझाव ब्यक्त गरिन् । नगरलाई बालमैत्रि घोषणा गर्न सके आफनो कार्यकालमा जनप्रतिनिधिको ठुलो उपलब्धि पाउन सक्ने बताईन् ।
बालमैत्रि स्थानिय शासन राष्ट्रिय तालिम सहजकर्ता बिष्णु प्रसाद चौबेले अभिमुखिकरण दिएका थिए । बालमैत्रि स्थानिय शासनका ऐतिहासित्ता,संबैधानिक नितिगत अवधारणा,सुचक,घोषणाका फाईदाका बारेमा चौबेले सहजिकरण गरेका थिए । स्थानिय तहमा बाल नगर स्तरीय समिति गठन गर्ने निदैशिका अनुसार नगरप्रमुख चौधरीको अध्यक्षता रहनेगरी समिति समेत गठन गरेको छ ।
प्रतिबद्धता सहितको हस्ताक्षर गर्दै अभिमुखिकरणमा प्रशिक्षक चौबे,प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपाने,बालसञ्जाल नगर अध्यक्ष मनिष पाण्डे, नेकपाका प्रतिनिधि प्रदिप खनाल,नेपालि काग्रेशका दिलुराई,शिक्षा शाखा प्रमुख राजन गेलाल,गैसस प्रतिनिधि राजु शाह र समाजिक संस्थाबाट सिता थरुनीले प्रतिबद्धता मन्तब्य राखेका थिए ।