सुनिल चौधरी
झुम्का,मंसिर २८ । बिध्यार्थिलाई चौतर्फि बिकासकालागी खेलकुदको समेत आवश्यक्ता रहेकोले फुटबल प्रशिक्षण गराईदै छ । रामधुनीका निजिबिध्यालयका बिध्यार्थिलाई अखिल नेपाल फुटबल संघ(एनफा)को प्रशिक्षकद्धारा प्रत्येक सुक्रवार ३ महिना सम्म प्रशिक्षण गराईने जनाएको हो ।
रामधुनी प्याबसन नगरसमितिको आयोजनामा ईच्छुक निजिबिध्यालयको सहकार्यमा पिप्राहाको खेलमैदानमा सुक्रवार उद्धघाटन गर्दै सुरु गरेको हो । नगर प्रमुख जयप्रकास चौधरीले प्रमुख प्रशिक्षक श्याम मानन्धरलाई फुटबल हस्तान्तरण गर्दै उद्धघाटन गरेका हुन् ।
रामधुनिका बालबालिकाहरुमा खेलकुदमा अबल तुल्याउन प्याबसनले गरेको कार्य बिध्यार्थिहरुमा उपलब्धि हुने मेयर जयप्रकाश चौधरीले बताए । बालबालिकालाई कुनैचिज नदिदा एक छिन रुन्छन् तर राम्रो संस्कार दिन नसके जिन्दगी भरी रुने भएकोले बिध्यार्थिलाई संस्कारिक बनाउन अतिआवश्यक रहेको धारणा ब्यक्त गरे । प्याबशनले गरेको फुटबल प्रशिक्षण राम्रो संस्कार भएको भन्दै यसबाट रामधुनीको समेत पहिचान बढ्ने बताए ।
जिल्ला फुटबल संको सहकार्यमा शुन्य स्तरबाट उनिहरुमा खेल क्षमता अभिबृद्धिकालागी तालिमको उधेश्य रहेको प्याबशनका अध्यक्ष बाबुराम खड्काले बताए । खेलकुद शिक्षाकालागी एनफाकै सहयोगमा तालिम आयोजना गरेको बताए । यस तालिमबाट उनीहरु राष्ट्रिय खेलाडि सम्म हुने अपेक्षा अध्यक्ष खड्काले लिएको छ । उद्धघाटन कार्यक्रममा जिल्ला फुटबल संघका महासचिव भेषराज कार्कीले तालिम लिएकाहरु मध्येबाट बिभिन्न उमेर समुहमा आबद्ध गराउदै राष्ट्रिय स्तर सम्म पुर्याउने प्रतिबद्धता जनाएका थिए ।