सुनिल चौधरी
झुम्का,मंसिर २३ । समाजमा सेवात्मक कार्य गर्दै आएका समाजसेविहरु दिर्घकालिन स्मरणकालागी उपलब्धि मुलक कार्यको थानली संगै निरन्तरता दिने गरेको छ । यसै क्रम्मा कार्यालय शाखा प्रमुखद्धारा जन्मदिनको खर्च रकम सामाजिक कार्यमा सहयोग गरेको छ ।
एसबिआई बैंक ईटहरीका शाखा प्रमुख उदय पञ्जियारले अफनो ५० औ बर्ष पुरा गरेको अवसरमा सनिवार श्री रामकबिर सिताकबिर रामजानकी मन्दिरको सर्वजानिक जग्गामा बृक्षा रोपन गरेको छ । ईटहरी १६ पकली स्थित रहेको सार्वजानिक जग्गा संरक्षण र पर्यावरणकालागी अशोकको एक सय बिरुवा रोपेका हुन् । त्यसैगरी नजिकै रहेको रामजानकी बृद्धा आश्रममा खाजा समेत बितरण गरेको हो । जन्मदिनको खर्चबाट सो सहयोग गरेको पञ्जियारले बताए ।
संस्थागत समाजिक उत्तरदायित्व बहनकालागी समेत बोध गर्न पञ्जियारले सो स्थानमा पुगेर समाजिक कार्यमा सहयोग गर्दै उदाहरणीय कार्य गरेका हुन् । पञ्जियार उदयपुर देउरि निवासि हुन् ।
रामकबिर सिताकबिर रामजानकी मन्दिरको अढाई बिगहा जग्गा रहेको छ । सो जग्गामा बिभिन्न फलफुलका बिरुवाहरु लगाएको छ । त्याहा बृद्धा आश्रममा ७ जना बृद्धाहरु रहेको छ । श्री रामकबिर सिताकबिर रामजानकी मन्दिरको अध्यक्ष दिपनारायण चौधरीका अनुसार सार्वजानिक जग्गा संरक्षण गर्न निकै कठिन भईरहेको बताए । सार्वजानिक जग्गा हड्पन निकैनै चलखेल भएको बताए । यस मन्दिरको नाममा दुईसय बिगहा जमिन रहेकोमा हाल आएर १६ बिगाहा मात्रै रहेको अध्यक्ष चौधरीले बताए ।
समितिकै पदाधिकारीहरुको चलखेल र गलत नियतकाकारण जग्गा मासिएको बताए । सार्वजानिक जग्गा सबैको सझा रहेकोले संरक्षणकालागी सबैले ध्यान दिनु आबश्यक रहेको उन्ले बताए ।
सो बृक्षा रोपन कार्यक्रममा बैंकका सहायक पुरुषेतम दाहाल,निर्मल भटराई,सन्तरबिर गरतेलको समेत उपस्थिती रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen