सुनिल चौधरी
झुम्का,मंसिर १२ । लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानको चौथो दिन रामधुनीमा हिंसा सम्बन्धि अभिमुखिकरण र दिपप्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । रामधुनी १ नं. वडा कार्यलयको संयोजकमा सरोकारवालाहरु बिच लैगिंक बिभेद बारे छलफल गर्दै साँझ झुम्का बजारमा सचेतनाकालागी दिपप्रज्वलन गरेको हो ।

दिपप्रज्वलन गर्दैे हिंसा पिडितलाई स्वथ्यलाभको कामना सहित न्यायको माग गरेको छ । हिंसामा परेका महिलालाई उचित न्याय दिलाउन सक्ने अवस्थाबारे अभिमुखिकरण कार्यक्रममा छलफल गरेसंगै हिंसा बिरुद्ध प्रतिबद्धता समेतको हस्ताक्षर गरेको वडा अध्यक्ष महेश चौधरीले बताए । समाजमा भईरहेको महिला हिंसाका कारणहरु बिधमान रहेकोले त्यसलाई सरोकारवालाहरु र समुदाय एकजुट भएर लागे न्युनिकरण हुन सक्ने भन्दै वडा अध्यक्ष चौधरीले आफ्नो धारणा ब्यक्त गरे ।

कार्यक्रम ईलाका प्रहरी पकलीको प्रहरी निरिक्षक अम्बर बहादुर निरौलाको प्रत्यक्ष सहभागीतामा भएको हो भने थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सिता थरुनी, कोषाध्यक्ष आशा चौधरी तथा सदस्यहरु,महिला वडा सञ्जालकी अध्यक्ष सरस्वति चौधरी लगायत वडाकी महिला अधिकारकर्मिहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen