सुनिल चौधरी
झुम्का,मंसिर १२ । दुर्घटनामा परेकालाई सहज रुपमा पहिलो उपचार दिदै अस्पताल सम्म पुर्याउने उधेश्यले ईटहरीमा ३ दिने प्राथमिक उपचारकर्ता तालिम बुधवार सम्पन्न भएको छ । बिपद जोखिम न्युनिकरणकालागी वल्र्डभिजन ईन्टर नेशनलको सहयोग तथा युथक्रिएशन सुनसरीको आयोजनामा २१ जनालाई तालिम दिएको हो ।दुर्घटनामा पर्दा हुने मानविय क्षतिलाई कम गर्न तालिममा प्रारम्भिक जाँच र सीपीआर प्रकृया,घाईतेको खुट्टामा भएको ठुलो रक्तश्राव र क्षोभ,हात,नाडीको बन्द भँचाईको प्राथमिक उपचार प्रकृया,हत्केला वा घुडाँ,कहिनामा रोलर पट्टिबाध्ने प्रकयाहरुको बारेमा जानकारी दिएका छन् । घाईतेको बेहोसि,रक्तश्राव,चोटपटक,हाड भँचाईको बिषयमा केन्द्रित गरेर अभ्यास सहितको तालिम दिएको प्रशिक्षक रामबहादुर पाठकले बताएका हुन्.।

युथक्रिएशनका अध्यक्ष अम्बर राईको सभापतित्वमा भएको तालिम समापनमा प्रदेश १ उपप्रमुख सरस्वति पोख्रेलले तालिम लिएकाहरुलाई ब्यवहारमा उतार्नु पर्ने बताईन् । समाजिक अभियान्ताको रुपमा अगाडी बढ्दै सेवा गर्न सके एक आपसमा सदभाव र सहयोगको जागृत भई प्रदेस समृद्धिहुने बिचार ब्यक्त गरिन् । तालिममा सहभागी सम्पुर्णलाई उपप्रमुख पाख्रेलले प्रमाणपत्र बितरण गर्दै जोखिम न्युनिकरणकालागी जिम्मेवारी थपिएकोले लग्नशिल भएर लाग्नुपर्ने भन्दै शुभकामना दिईन् ।

तालिम लिएका प्रशिक्षार्थि तोया कुमारी ढकालले तालिम उपलब्धि मुल रहेको बताईन् । गाउँटोलमा भएको घटनामा मानवियक्षति कम गर्न आफुले सहयोग गर्न सक्ने क्षमता बिकास भएको बताईन् । त्यसैगरी अर्का प्राशिक्षर्थि राकरण खड्गाले स्वथ्य सम्बन्धि काम गर्न निकै कठिन भएको बताए । कठिन भएपनि प्रशिक्षकले रमाईलो गर्दै तालिम लिनपाउँदा समाजमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तालिममा ईटहरी,रामधुनी,बराहक्षेत्र,गढि र ईनरुवाका टोल स्तरीय गठन भएको बिपद जोखिम न्युनिकरण समितिका पदाधिकारीहरुलाई तालिम दिएको अध्यक्ष राईले बताए । तालिममा लगनशिल भएर लिएका मध्ये ४ जना उत्कृष्ट घोषित समेत गरेका छन् । तालिममा रमेश चौधरी प्रथम,रमिता चौधरी दोस्रो,तृतिय बिनिता चौधरी र चौथो संगीता चौधरी भएका हुन् । प्रशिक्षक पाठक लगायत उमेश सुवेदि,बिबेक चापागाई र सकुन्ताला गुरागाईले तालिम दिएको आयोजकले जानकारी दिएको हो ।

   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen