सुनिल चौधरी
झुम्का,मंसिर १० । थारु समुदायका युवा,युवक्तिहरु शिक्षा र राजनितिक चेतनाको आवश्यक्ता रहेको सिजन २ को मिस एण्ड मिस्टर थारुमा सेकेन्ड रनरअप भएकी आस्मा चौधरीले बताएकी छन् । आर्थिक अवस्थाले गर्दा युवाहरु बिदेशिने र युवक्तिहरु घरब्यवहारले शिक्षा र राजनितिक चेतनाबाट बञ्चित भईरहेको अवस्था औल्याएकी छन् । जह ईन्टरटेन्मेन्ट प्रालिबाट आयोजित मिस एण्ड मिस्टर थारुमा सेकेन्ड रनरअपको ताज पहिरेकी हुन् ।रेडियो रामधुनी ९१.९ मेगाहर्जबाट प्रसारित ‘आपन संस्कृतिके पहिचान’ थारु भाषाको कार्यक्रममा अन्तरवार्ता दिदै अबका युवाहरुले शिक्षामा जोड र राजनितिक चेतना अभिबृद्धि गर्नु पर्ने बताईन् । कला,संस्कृति,पहिचान संरक्षणकालागी मागेर नदिने रहेछ,जब सम्म नेतृत्व तहमा पुगिदैन तब सम्म संरक्षण गर्न नसकिने उन्को भनाई रहेको छ । नेतृत्वमा पुग्न शिक्षा संगै राजनितिक चेतनाको दखल हुन आवश्यक रहेकोमा जोड दिईन् ।
ईटहरी १९ महौलिया गाउँकी चौधरी समान्य परिवारकी हुन् । उन्का बुबा लल्कु चौधरी र शान्ति चौधरीले मजदुरी गरेर पनि छोराछारीलाई शिक्षित बनाउदै पहिचानकालागी प्रोत्साहन दिईरहेको छ । भाईबहिनीमा जेठि छोरी आस्मा चौधरी घर परिवारको आर्थिक अवस्था हेरेर समेत सोचबिचार गर्दै अगाडी बढ्छिन । अहिले उनी स्वथ्य क्षेत्रमा योगदान दिदै आएकी छन् । अहेब सम्म आफनो अध्यन र योग्यता क्षमता बढाउदै आखाँ अस्पताल बिराटनगर रानीमा काम गरिसकेकी छन् । चौधरी सबै संग नडराई बोल्नछिन् । राजनितिक र समाज सुधारकालागी फरर् बोल्न क्षमता भएकी नृत्य गर्न समेत पोख्त छिन् ।
उन्ले अहिलेको नेताहरुमा गुनासो गरेछिन् । नेतृत्वमा पुगि सकेपछि बिकासमा ध्यान नदिने नेताहरु प्रति गुनासो गर्दै बिकास गर्छु भनेर जितेको वडा अध्यक्ष बाटोमा ग्राभेल सम्म नदिने नेता स्वार्थि भएको बताईन् । उन्ले आफनो गाउँको अवस्था देखेर सो दुःख ब्यक्त गर्दै बताईन् । त्यसैगरी थारु समुदायका नेता नेतृत्व तहमा पुगेपछि आफनै समुदायको लागी ध्यान नदिएको समेत दाविगर्छिन् । थारु समुदायबाट मन्त्रि भए मेयर,उपमेयर,वडा अध्यक्षभए थारु पहिचान हराउदै गएको प्रति चासो नरहेको बताईन् । त्यसैले थारुहरुको संस्कारहरु लोप हुदै गईरहेको धारणा ब्यक्त गरिन् ।थारु समाजमा रहेको दहेज प्रथा,अन्धबिश्वास र रुढिवादिले महिला हिंसा बढेको बताईन् । यसले थारु समाजलाई हैन् मुलुकलाईनै भुमरिमा फसाउदै लगेको बिचार ब्यक्त गरिन् । पुरानो रितिरिवाजले जुन थारु समाजलाई अगाडी बढ्न समस्या पुर्याईरहेको छ भने बिस्तारै हटाउनु पर्ने समेत अनुरोध गरेकी छन् । महिलाले बाध्यरुपमा मान्नु पर्ने संस्कार र सो संस्कारबाट महिला पिडित बन्दै गएको छ भने हटाउनु पर्ने समेत उन्को मान्यता रहेको छ ।
२१ बर्षिय आस्मा चौधरी आफुपनि नेतृत्वकर्ता(लिडर) बन्ने धारणा ब्यक्त गरिन् । मिस थारु बन्दै आफनो पहिचानको सुरुवात गरेकी छु,अबका दिनमा समाजिक कार्यकर्ता बन्दै नेतृत्व तहमा पुग्ने सोच बनाएकी छन् । संघर्ष गर्दै यदि निर्णय गर्ने तहमा पुगे भने अहिलेको नेता भन्दा फरक र अगल ढंगले नेतृत्व गर्ने बताईन् ।

