सुनिल चौधरी
झुम्का,कार्तिक २६ । छठ माता सेवा समिति रामधुनीले झुम्कामा १ सय २५ घाट निर्माण गर्दै छठ पुजाको तयारी गरेको छ । झुम्का स्थित सुनसरी मोरंग सिचाई नहरमा प्रत्येक बर्ष गरिने छठ पुजा गत साल भन्दा २० वटा घाट बृद्धि गर्दै तयारी गरेको समितिका अध्यक्ष धमेन्द्र साहले बताए ।

छठ पुजा गर्ने भक्तजनहरुको संख्या बढ्दै गईरहेकोले घाटको पनि माग बृद्धि भएको अध्यक्ष धमेन्द्र साहले बताए । विभिन्न भाषाभाषी र समुदायका मानिस एकै ठाउँमा बसेर सौहार्दपूर्ण वातावरणमा छठ पूजा गर्ने गरेका कारण नै यो पर्वले साझा पर्व र समावेशी पर्वका रुपमा पहिचान स्थापित समेत गरेको साहले बताए ।

झुम्कामा यस बर्ष छठ घाटमा ख्याति प्राप्त भजन कृतन समुहद्धारा भक्ति,भजन,संगीतमय बनाउदै जाग्राम गर्ने तयारी रहेको कोषाध्यक्ष कमल साह रौनियारले बताए । रात्रिकालिन भजन किर्तन र छठ परिसरमा भिडभाड हुने भएकोले जिल्ला प्रहरी कार्यालय,नगरपालिका र ईलाका प्रहरी कार्यलयको समन्बयमा सुरक्षाको ब्यवस्थापन गरिएको कोषाध्यक्ष साहले जानकारी दिएका हुन् ।

छठकालागी आवश्यक पुजा सामाग्राीहरु बजारमा बिक्रि बढेको झुम्काका एक ब्यापारिले बताए । बिभिन्न समुदायका भक्तजनहरुले पुजा सामाग्रीहरु खरिद गरेको झुम्काका ब्यापारि सज्य साहले बताए । कोनिया,नाङ्गलो,टोकरी,उखु,नरिवल,दियो, बिशेषगरी बिक्रि भएको ब्यापारी साहले बताए ।

श्रद्धा, निष्ठा र लोक आस्थाको पर्व छठका ब्रतालुले सोमवार पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन आिईतवार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले सोमवार पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हन् ।

Image may contain: tree, sky, plant, outdoor, nature and water
Image may contain: 2 people, food and outdoorImage may contain: outdoorImage may contain: outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen