नविन चौधरी, झुम्का

रामधुनी ९ मर्चैयाका युवाहरु सरसफाइ अभियानमा तदारुकताकासाथ लागिपरेका छन् ।
आज (शनिवार) विहान ७ बजेको उजेली सँगै युवाहरुको २५–३० जनाका समुहले मुखमा मास्क लगाएर हातमा खरेटो, हसया, लठी लगायतका सामान सहित सडक सरसफाइ गरिरहेको थियो । आजैको दिनबाट शुरुवात भएको उक्त अभियान अब प्रत्येक शनिवार यसरीनै युवाहरुको जमातले सडक सफाइ गर्ने भएको छ । सिमित संख्याका युवाहरुबाट शुरु गरिएको उक्त सरसफाइ अभियानमा जुटेका युवाहरुको संख्या प्रतिदिन बढाउदैजाने अभिएनता युवक सुरेश चौधरीले बताए ।
अभियान जन सहयोगी नवयुवा क्लवको आयोजनामा भएको हो । क्लवका सल्लाहकार श्री सत्य नारायण चौधरीको अगुवाइमा थालिएको सो सरसफाइ अभियानमा मर्चैयाको कदमचौक देखी सन्दासी बाबा मन्दिर सम्मको मुल सडक बाटो सफाइ गरिएको थियो । युवा भाइबहिनीहरुलाई समेटेर सडक बाटो सफा तथा वातावरण स्वच्छ राखने अभियान गर्न पाउदा खुशी व्यक्त गर्नुभयो । साथै अवकादिनमा युवाहरुलाई जुटाएर समाज परिवर्तनका कामहरु थाल्ने उहाँले बताउनुभयो । त्यसतै क्लवका अध्यक्ष श्री शैलेश चौधरीले यो सरसफाइ कार्यक्रमलाई साप्ताहिकरुपले निरन्तर्ता प्रदानगर्ने बताउदै वडाकार्यालयको सहयोग लिएर सरसफाइका सामाग्रीहरु कुचो, डसविन लगायतकाकुराहरु मग गर्ने समेत बताउनुभयो । साथै उहाँले संगठित युवाहरुसँग साप्ताहिक रुपमा बचत संकलनगर्ने व्यवहारको पनि विकास गर्ने योजनाभएको बताउनुभयो ।
सरसफाइ कार्यक्रमलाई स्थानियहरुले साकारात्मकरुपमा लिदै आ–आफ्नो तर्फबाट सहयोग गर्ने बताएका छन । सरसफाइका यसता कार्यक्रम यस भन्दा पहिला वडाकार्यालयले संचालन गर्दैआएकोथियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen