नविन चौधरी,झुम्का
मैत्री बचत तथा ऋण सहकारी संस्था लि.को शनिवार आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा आर्थिकवर्ष २०७४÷०७५ को अर्थिक प्रतिवेदन प्रस्तुती तथा आ. व. ०७५÷०७६ को अनुमानित आय व्ययको बजेट प्रस्तुतगरि अनुमोदन गरिएको थियो । सम्पन्न सभाको प्रतिवेदन अनुसार गत वर्षको शेयर पुँजी ३३ लाख १२ हजार रहेको थियो भने यस वृद्धिभइ वर्ष ३२ लाख ८२ हजार भएको छ । काष हिसा वगत आ. व. मा ८५ रहेकोमा यस आ. व. मा ७ लाख १८ हजर रहेको छ । निक्षेप गत वर्ष रु १ करोड ३२ लाख रहेकोमा यस वर्ष १ करोड २९ लाख रहेको छ । अन्य संस्थामा शेयर लगानी रु २३ हजार रहेको छ । सदस्यलाई ऋण लगानी गत वर्ष रु १ करोड ३४ लाख रहेकोमा यस वर्ष रु १ करोड ३९ लाख रहेकोछ । प्रतिवेदन संस्थाका अध्यक्ष हरिलाल चौधरीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले संस्थापक अध्यक्ष श्री रामकुमार चौधरी, कर्मचारी व्यवस्थापक विनोद चौधरी, स लेखा पाल हिरा चौधरी र बजार प्रतिनिधि अञ्जली चौधरीलाई सम्मान गर्नुका साथै असल बचतकर्ता तथा असल ऋणीलाई समेत सम्मानगरेको छ । असल बचतकर्तामा एकम्वाका गोविन्द कार्की, जतपुरकी पानो खातुन, झुम्काकी सरस्वती साह, मनोज श्रेष्ठ र फुलो चोधरी सम्मानित हुनुभएको छ । त्यसैगरि असल ऋणी तर्फ झुम्काकी सावित्री कार्की, सुदिप श्रेष्ठ र अमृता चौधरी सम्मानित हुनुभएको छ ।
कार्यक्रमको खुल्ला सत्र संस्थाको अध्यक्ष हरिलाल चौधरीको सभापतित्व तथा रामधुनी वडा नं. ५का वडाध्यक्ष डेगराज फुयालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । विशेष अतिथि रामधुनी न पा सहकारी प्रमुख अभिनारायण भटराई तथा अतिथिहरु प्रेरण वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव कटेल, गौरिशंकर वचत तथा ऋण सहकारीका अभ्यक्ष सरस्वति चौधरी, निर्धन बचत का प्रतिनिधि आशा चौधरी, उपहार बचत तथा ऋण साकोस का व्यवस्थापक कृष्ण चौधरी, स्वर्णिम बचत तथा ऋण साकोसका अध्यक्ष सुजित कुमार राय लगायत सहकारीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । शेयर सदस्यहरुको वृहत उपस्थितिमा सम्पन्न सो सभाको उदघोषण संस्थाका सदस्य चन्दन चौधरीले गनुभएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen