सुनिल चौधरी
झुम्का,असोज १९ । पुर्व अर्थ मन्त्रि तथा सुनसरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र कार्कीले आफनो सांसद भत्तावापत पाएको रकम बिध्यार्थिलाई उच्च शिक्षाकालागी छात्रबृत्ति प्रदान गरेको छ । रामधुनी ४ स्थित रामधुनी माबिका कक्षा ११ र १२ मा अध्यनरत अति बिपन्न गरिब तथा पिछडिएका जेहेन्दार बिध्यार्थिलाई छात्रबृत्ति प्रदान गरेको हो ।
रामधुनी आदर्श संस्थाका अध्यक्ष केशव बहादुर खड्काको अगुवाईमा रामधुनी माबिका ६ जना र जनता बहुमुखि क्याम्पस ईटहरीमा अध्यनरत एक जना बिध्यार्थिलाई एक बर्ष सम्मकालागी छात्रबृत्ति प्रदान गरेको हो । छात्रबृत्ति पाउनेमा रामधुनी माबिका पुजा भुजेल,दिनेश उराव,ईश्वर हरिजन,रञ्जना चौधरी,अनिल खड्का र अपरा माझि रहेका छन् भने जनता बहुमुखि क्याम्पस ईटहरीमा अध्यनरत अस्मिता माझिलाई उपलब्ध गराएको हो ।
छात्रबृत्ति प्रत्येक बर्ष रामधुनी माबिका जेहेन्दार बिधयार्थिलाई उपलब्धगराईने खड्काले बताए । यस बर्षको छात्रबृत्ति रकम संयुक्त रुपमा रामधुनी माबिका प्रध्यानाध्यापक पुर्णलाल चौधरीलाई हस्तान्तरण गरेको छ । बिध्यालयमा एक कार्यक्रमगरी वडा अध्यक्ष मनेष चौधरी,नेपालि काग्रेशका नगर अध्यक्ष सुदिप अधिकारी,उपाध्यक्ष नारायण कोईराला,नगर सचिव द्धय दिलु राई र बेदानन्द श्रेष्ठले अभिभावकको उपस्थितीमा संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
आर्थिक अभावकै कारण शिक्षाबाट बञ्चित नहोस भन्दै छात्रबृत्तिले बिध्यार्थिलाई लक्ष्य सम्म पुर्याउने वडा अध्यक्ष चौधरीले बताए । ईश्वर हरिजनका अभिभावक सिकुल हरिजनले छात्रबृत्तिबाट बिध्यार्थिलाई अध्ययनमा प्रोत्साहन मिल्ने बताए । आर्थिक अवस्था कमजोर रहेका पुजाँ भुजेलका अभिभावक केदार भुजेलले यो गुण कहिलै नबिर्सिने बताउदै खुसी ब्यक्त गरेका छन् ।

   

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen