सुनिल चौधरी
झुम्का,असोज १७ । जितियाको अवसरमा थारु महिला उत्थान समाजले आयोजना गरेको जितिया बिषयक बत्तृmत्वकला कार्यक्रममा प्रथम अभिषेक चौधरी भएको छ । चौधरीले जितिया पर्व र महिला अधिकारको बारेमा प्रस्तुतगर्दै नगद राशि ५ हजार ५ सय सहित शिल्ड तथा आकर्षक पुरस्कार हात पार्न सफल भए ।
पर्वको महत्व,प्रस्तुति शैलि,थारु भाषा शब्द चयनको अवस्थालाई हेरेर गरेको निर्णयले दोस्रोमा सुसिल चौधरी,तस्रो धिरज चौधर र सान्तवना हिनु चौधरी भए । क्रमश सिल्ड र आकर्षक पुरस्कार सहित नगद राशि ३५००।,२०००। र ११००। पा्रप्त गरेको आयोजकले जानकारी दिएको छ । नगर राशि रामधुनी बचत समुह दोहाकतार च्याप्टरले सहयोग गरेको हो ।
जितियाको महत्व र मौलिक्ता प्रबद्र्धन गर्दै युवा युवक्तिहरुमा थारु पर्वहरुको खोज अनुसंधान गर्दै थारु भाषा बिकासलाई आत्मसाथ गर्न उत्थान समाजले पुर्वाञ्चलमै पहिलो पटक आयोजना गरेको हो । उत्थान समाजकी अध्यक्ष सिता थरुनीको सभापतित्वमा भएको कार्यक्रममा उपप्रमुख सबिना चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । जितियामा मोटा सहितको पर्व मनाउन आउने थारु परम्परा रहेकोले सभापति थरुनीले उपप्रमुख चौधरीलाई मोटा बोकाएर जितिया मनाउन ल्याएको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
थारु पर्व,भाषा प्रवद्र्धनकालागी उत्थान समाजले गरेको साँस्कृतिक तथा बक्तृत्वकला कार्यक्रम फलदायी भएकोे रामधुनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमिबका बहादुर चौलागाईले बताए । बत्तृmत्वकलाले थारुको पर्व जितियाको बारे तथा मर्म बुझ्न पाएको भन्दै अधिकृत चौलागाईले धन्यवाद दिए । युवाहरुमा संस्कार र संस्कृतिको खोज अनुसंधान गर्न लगाउने र नेतृत्व बिकास हुने खालका रचनात्मक कार्यक्रमहरु सञ्चालनले थारु समुदायमा उत्थान समाज उदाहरणीय बन्दै गएको चौलागाईले बताए ।
बिभिन्न टोल संघ संस्थाबाट आएका झाँकीहरुले कार्यक्रमको रौनक्ता बढाएको थियो । त्यसैगरी प्रदेश १ नम्बर स्तरीय मिस्टर एण्ड मिस थारु आईकन प्रतियोगीहरुले आफनो पहिलो प्रस्तुती राखेका थिए । ४२ जना सहभागीहरुले आ –आफनो प्रस्तुती देखाएका थिए । सो आईकनमा २८ जना महिला र पुरुष १६ जनाले प्रस्तुती राखेका थिए ।
कार्यक्रममा रामधुनी १ नम्बर वडा अध्यक्ष महेश चौधरीले जितियाको शुमकामना मन्तब्य राखेका थिए भने रामधुनी नगरपालिकाका प्रसासकिय अधिकृत मोहन सिंह दर्जि,सामाजिक बिकास प्रमुख हर्षलाल चौधरी,वडा महिला सञ्जालकी अध्यक्ष सरस्वति चौधरी,नगरबाल सञ्जाल अध्यक्ष लगायतका अतिथीहरुको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen