सुनिल चौधरी
झुम्का,असोज १७ । झुम्का बजारमा बुधवार अनुगमन गरेको छ । उपभोक्ता हितकालागी बजार अनुगमन गर्ने क्रममा किराणा पसलहरुबाट म्याद गुर्जेका अखाध्य बस्तु फेला परेको छ ।
झुम्का बजारका रहेको अमरदिप किराणा पसल,कुबेर सपिङ्ग सेन्टर,महालक्ष्मि किराणा,रतन किराणा पसल,देवकोटा पसलमा भेटिएको अखाध्य बस्तुहरु अनुगम स्थलमै नष्ट गरिएको छ । कुबेर सपिङ्ग सेन्टरमा केकमा हाल्ने ब्याकिङ्ग पाउडर म्याद गुज्रेको भेटिए पछि नष्ट गरेको छ । सो सपिङ्ग सेन्टरमा दाल,मैदा लगायतका खाध्यन्न समानहरुमा प्याकिङ्ग मिति,खानयोग्य समय अवधि नहुदा कार्वाहि गर्दै ५ दिन भित्र सबै कागजात लिएर जिल्ला प्रसासन कार्यलयमा आउन समय तोकिएको जनाएको छ ।
अधिकांस किराणा पसलहरुमा मुल्य सुचि नरहेको,आफैले प्याकिङ्ग गरेको सामानमा मिति नतोकिए,सरसफाई नरहेको भेटिएको थियो । रेडिमेट कपडा पसलहरुमा मार्जिन १० प्रतिशत राखेता पनि मुल्य धेरै राखेको पाईएको अनुगमनटोलीमा सहभागी उपभोक्ता संघका अजय देवले बताए । ब्यापारिहरुले समान डिलरबाट उठाउदा म्याद गुज्रेका सामानहरु समेत मिसाएर पठाउने गरेको पाईएको छ । एउटै कार्टुनमा फरक फरक मितिमा उत्पादन गरेको बस्तुहरु भेटिदा बितरकले ब्यापारिहरुलाई ठगीरहेको खुल्न आएको छ । त्यसैगरी घरेलु तथा साना उधोग कार्यालय र नगरपालिकामा ब्यवसाय दर्ता समेत नगरेको भेएिको जनाएको छ । दर्ता नगरेको पसललाई ७ दिन भित्रमा दर्ता गरे पसल चलाउनु पर्ने भन्दै अटेरी गरे शिलबन्दि गर्ने चेतावनि दिएको छ ।
झुम्कामा अनुगमन गर्ने गुनगान चल्दा बिहान खुलेका केहि किराणा पसलहरु बन्द गरेर बेलुका मात्रै खोलेका थिए । पसल बन्द गरेपनि उपभोक्ताको स्वथ्यमा खेलवाड गर्नेलाई कारवाहिको दायरामा ल्याउने उपभोक्ता संघका प्रतिनिधि देवले बताए । मुख्य बजारकै पसलहरुमा यसरी अखाध्य बस्तुहरु भेटिदा समय–समयमा अनुगमनको आवश्यक्ता रहेको खाध्य प्रबिधि तथा गुणनियन्त्रण डिभिजन कार्यलयका खाध्य निरक्षिक सिर्जन जोसिले बताए ।
उपभोक्ता हित संरक्ष्णकालागी रामधुनी नगरपालिकाका प्रतिनिधि बिनय परियार,झुम्का उधोग बाणिज्य संघका अध्यक्ष धमेन्द्र शाह,सुजित राय,सिता थरुनी,जिल्ला प्रहरी कार्यलयका प्रसनि प्रभुराम खडका,घरेलु तथा साना उधोग कार्यालयका महिनारायण शाह,पत्रकार महाँसंघ प्रतिनिधिको सहभागीतामा अनुगमन भएको हो ।