सुनिल चौधरी
झुम्का असोज १५ । महिलाहरुको ऐतिहासिक जितिय पर्व सुरु भएको छ । अशोज महिनाको कृषण पक्ष सप्तमी देखि नवमीसम्म मनाईने यो पर्व महिलाहरु आज देखि तिन दिन सम्म मनाउने गरीन्छ ।
बिशेष गरी तिन दिन मनाईने यो पर्वको पहिलो दिन नुहाएर चोखो भई खानेकुरा खाईन्छ । दोस्रो दिन उपवास बसिन्छ र तेस्रो दिन अभिष्ट पुर्तिको लागी ईश्वरको पुजागरी पारन गरीन्छ । जितियाको पहिलो दिनलाई लाह्य भनिन्छ । पर्वको आज सो लाह्य परेको छ ।

आज ब्रतालु महिला स्थानिय नदि,पोखरी तथा जलास्यमा स्नान गरी घिरौलाको पातमा पिना ,तेल, सिन्दुर सुर्य पुत्र सालिबाहनका छोरा जितमहान लाई चढाउने गर्छन । यो दिनको राति उठि बर्तालु महिलाले दुध, दहि ,माछा,मासु फल फुल मरुवाको रोटि मिठाई तथा बिभिन्न किसिमका परिकार खाने गर्छन यसलाइृ ओठघन भनिन्छ ।जितियाको दोस्रो दिनलाई उपास अथवा उपवास भनिन्छ । यो दिन नुहाई धुवाई गरी पबित्र मनले बर्तालु महिलाहरु गाउँको एकैठाउँमा भेला भई भगवान जितमहानको कथा श्रवण गरीन्छ । यो पर्वको अवसरमा भब्य जितिया मेला लागने गर्दछ साथै नाच गान गरी रमाईलो गरीन्छ । यो उपासको दिन ३० घण्टा निराहार ब्रत लिईन्छ ।
उपवासको भोली पल्ट अर्थात नवमीको दिन पारन गरिन्छ । पारन भनेको अन्न ग्रहन गर्नु हो । यो दिन पुनः नुहाई धुवाई गरेर देवतालाई पुजाँगरी पारन गर्ने चलन छ । पारन गर्दा पाँच आना केराउ र पाँच अरर्वा चामल निल्नु पर्छ । त्यस पछि दहि, च्युरा, केरा चिनि ,सक्खर तथा अन्य स्वादिष्ट भोजन गरीन्छ । यसरी जितिया ब्रत बिधिवत समाप्त हुन्छ ।
जितिया शब्दको शाब्दिक अर्थ बिजय हासिल गर्नु हो ।पौराणिक कालदेखिनै मनाउदै आएको यो पर्व तराई महिलाहरुको महत्वपुर्ण ऐतिहासिक चाड हो । प्राय तराई वासी बिबाहिता नारीले सन्तानको लामो आयुको कामना गर्दै निष्ठा पुर्वक जितिया पर्व मनाईन्छन ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen