सुनिल चौधरी
झुम्का,असोज १३ । जितिया पर्वको अवसरमा झुम्कामा हुने कार्यक्रममा माननिय कृषि तथा पशुपंक्षि बिकास केन्द्रिय राज्य मन्त्रि रामकुमारी चौधरी प्रमुख आतिथ्यता ग्रहनकालागी आउनु हुने केन्द्रिय मन्त्रालय स्रोतले जनाएको छ । थारु महिला तथा तराई महिलाहरुको पर्व जितियाको दिन थारु महिला सभाले झुम्का स्थित अयोजना गर्नलागेको कार्यक्रममा उहाले सम्बोधन गर्नु हुने छ ।
जितिया पर्वमा पुत्र सुख शान्ति र चिरायुकालागी महिलाले उपवास बस्ने परम्परा रहेको छ । असोज अष्टमिका दिन मनाईने जितिया पर्व यसबर्ष पर्व असोज १६ गते मनाईदै छ । एक दिन अगाडि लाह्य र पर्वको भोली पारण गरी तिन दिन मनाई चलन रहेको छ ।