सुनिल चौधरी
झुम्का,असोज ११ । थारु कल्याणकारिणी सभा (थाकस)केन्द्रियको २२ औ अधिवेशनले पुनः धनिराम चौधरी अध्यक्षमा निर्वाचित भएको छ । टिकापुर घटना पछि गुमनाम भएका अध्यक्ष धनिराम चौधरी पुनः अध्यक्षमा आउनु कस्तो उधेश्य रहने भन्नेमा प्रश्न चिन्ह लगाउन थालेका छन् । 

थरुहट आन्दोलमा टिकापुर घटनाहुदा थारु अगुवाहरु जेलपरे ,केन्द्रिय अध्यक्ष धनिरामलाई मुद्धालागईयो त्यो बेलादेखि गुमनामहुदा थारु अधिकारको सवालमा फुलस्टपनै लाग्यो । थाकसको गतिबिधि हुन छाड्यो,थारुहरु गार्जन अभावको महसुस गर्न थाले,गार्जन अभावले परिवारमा कस्तो अवस्था सिर्जना हुन्छ त्यो समस्या संग जुध्नबाध्य भयो । अध्यक्ष चौधरीले थाकसको जिल्ला अधिवेशनमा आफुलाई वारेन्ट जारी भएकोले म आउन सकिन भन्दै ४ पन्नाको लामो बक्तब्य लेखेका थिए । घटना क्रम देखि लिएर आफुलाई लागेको मुद्धाबारे प्रस्ट लेखेर बन्द सत्रमा प्रस्तुत गरिएको थियो । शाखा सुनसरीको जिल्ला अधिवेशनको बन्द सत्रमा जिल्ला सभापति पुनितलाल चौधरीले सबैलाई सुनाएका थिए । तर खुल्ला सत्रमा सबैले सुन्नु पर्नेमा बन्द सत्रमा प्रस्तुत गरियो । ठिकै हो पुनः पदकालागी प्रतिनिधि र पर्यवेक्षकलाई बिशेष जोड दिएर प्रस्तुत गरियो । गार्जनको समस्या परिवारको सबै सदस्यलाई सुन्नेहकबाट किन बञ्चित गरायो यो प्रष्ट रहेको छ ।
गुमनाम होस पनि बदनाम नहोसको फमुर्ला प्रयोग गर्दै थाकसको केन्द्रिय अध्यक्षमा पुन निर्वाचितहुदा अबको कठिन बाटोमा लक्ष्य कहानेर रहेको छ र लक्ष्य प्राप्त गर्न कसरी अगाडि बढ्नेमा पदधारण गरेर गुमनाम हुनु दुर्भाग्य हुने छन् । अध्यक्ष चौधरीले समस्या र चुनौतिलाई अवसरको रुपमा लिनु भएको छ भने साहस र अडान लिनु उहाँको पराक्रम हो । थारुहरुलाई उहाँ जस्तै अध्यक्षको खाचो पनि रहेको छ बर्तमान परिस्थितमा ।
चारपन्ना बक्तब्यमा लेख्नु भएको थियो अहिलेपनि बाहिर आउन समस्या उत्पन्न भई रहेको छ । तर थारु अधिकारलाई बोकेर बाहिर निस्किनु पर्ने अवस्था रहेको छ । भनिन्छ कुनै पनि काम समयमा उचित तवरले समपन्न गर्न चाहनु हुन्छ भने आफुपनि समलग्न भएर लाग्दा प्रभावकारी हुन्छ । अरुलाई काम समपन्न गर्न लगायो भने निश्चित समयमा समपन्न हुनु २५ प्रतिशत मात्रै सम्भव हुन्छ,आफुले भन्दै निर्दैशन दिएर काम गर्नु हुन्छ भने ५० प्रतिशत र आफैलागेर सहयोग गर्दै अगाडी बढ्यो भने शतप्रतिसत नतिजा आउन सक्छ भन्नेमा प्रष्ट छौ । तर गुमनामले अरुलाई निर्दैशन दिदै कार्य गर्ने हो भने अधिकारको सवालमा कति प्रतिशत पुरा हुने सोचेका छौ ? तर पनि केन्द्रिय अध्यक्ष चौधरी साहस र आटले आउनु भएको छ भने सो साहस र आट देखाउनु जरुरि रहेको छ ।
पदियभार ग्रहण गरियो र बसि रह्यो भने आरोप र प्रत्यारोप मात्रै हुने हो । बाटो छेकेर बसेर आफुपनि नहिड्ने र अरुलाईपनि बाधा उत्पन्न हुने कृयाकलाप भयो भने कसैको ईसारामा नाच्नु र स्वार्थ सिद्ध मनसाय भएको ठहरिने हो ।
जिल्लामा भै रहेको हालिमुहालि,गुटउपगुट,राजनिति प्रबृति र पराकाष्ट अन्तय हुनु पर्छ अनिमात्रै अधिकारका कुराहरुमा शसक्त हुन सक्छ । यो प्रबृतिहरु यो अधिवेशनमा देखिएका मात्रै हैनन् पहिले देखिनै चलि आएको हो । त्यसलाई निरन्तरता दिएको हो । आउदा दिनमा पनि निरन्तरता दिन सिकाएको हो । गुमनाम भएका पुर्व अध्यक्ष पुनः निरन्तरता हुनु अधिकार सुनिश्चिताकालागी कस्तो ब्यबहार देखाउने हुन् ।
अन्ततः गाउँ, टोल, सहरमा थारुअधिकार,पहिचान,संस्कृतिमा प्रहार भईरहयो जिल्ला थाकसका पदाधिकारी भन्ने गर्थे केन्द्रिय अध्यक्षको गुमनामले हामि पनि अगाडी बढ्न सक्ने अवस्था छैनन् भनेर चुपलागेर बस्थे । तर संस्कार र कार्यक्रमको नाममा चन्दा उठाएर भोजभतेर गर्न नारा लगाएरै अगाडी बढ्थ्यो । गज्जबले हुन्थयो दिउसो कार्यक्रम राति भोज केन्द्रिय अध्यक्षको दोषलागएर । अब भने फेरी केन्द्रिय अध्यक्षमा धनिराम चौधरीको पुनराबृतिमा थाकसमा बाहाना बाजि गरेर नाटकै गर्ने माहोल नहोस ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen