सुनिल चौधरी
झुम्का,असोज १० । नेपाली तराई महिलाहरुको महान पर्व “जितिया” नजिकिदै जादा महिलाहरुले मौलिक र परम्परा अनुसार मनाउन तयारी गरिरहेको छ । बाल बच्चा,घरपरिवारमा आईपर्ने सम्भावित अनिष्टहुनबाट बच्नकालागी महिलाले बिधिवत निराहार ब्रत लिएर मनाईने यो पर्वको मौलिकत्ता प्रबद्र्धनकालागी थारु संघ,संगठन,संस्थाहरु यसबर्षपनि विविध कार्यक्रम गरेर मनाउने भएको छ ।

“जितिया” पर्व अष्टमिमा मनाईने यसबर्ष असोज १६ गते पर्व परेको छ । बिधिअनुसार सप्तमिमा “लाह्य”, अष्टमिमा “जितिया” पर्व र नवमिमा “पारण” गर्ने चलन रहेको छ । यस पर्वमा माईत आएका महिलाहरु ब्रत लिएर भेला भएर ईष्टमित्रमा दुःख सुखका कुरागर्ने र कथा श्रवण गर्ने परम्परा भएपनि पछिल्लो अवस्थामा राजनितिक आग्रह,अनुरोधमा कार्यक्रम आयोजना गरेर भाषण दिने चलन देखि रहेको छ ।No automatic alt text available.जितिया पर्वमा नेताको भाषण भन्दापनि थारु महिला उत्थान समाज सुनसरीले रामधुनीको झुम्का स्थित जितमहान चौकमा फरक कार्यक्रमको आयोजना गर्ने भएको छ । बिगत बर्षझै मौलिकत्ता र महत्वकोबारेमा प्रवद्र्धनगर्न थारु महिला उत्थान समाज सुनसरीले विविध कार्यक्रम गर्दै आएकोमा यसबर्ष असोज १६ गते मंगलवार बक्तृतवकला र साँसकृतिक कार्यक्रमको आयोजना गर्ने उत्थानकी अध्यक्ष सिता थरुनीले बताईकी छन् । महिला अधिकार कर्मिहरुको उपस्थितमा बक्तृतवकलाको माध्यमबाट पर्वको मौलिकत्ता,महत्व र महिला अधिकारको शन्देस दिने जनाएको छ । महिला सुरक्षालाई दृष्टिगत गरेर सचेतना तथा महिला स्वस्थय सम्बन्धि सिविर पनि सञ्चालन गर्ने बताएको छ ।

कार्यक्रम रामधुनी १ झुम्का स्थित जितमहान चौकमा,हनुमान मन्दिरको प्राङ्गनमा गर्ने बताएको छ । बत्तृmत्वकलामा सहभागीकालागी गाउँटोल,कल्व,महिला समुह,बिध्यालय,बोंिडङ्ग स्कुल तथा ईच्छु ब्यक्ति सहभागी हुन सक्ने बताउदै उत्कृष्ट ४ जनालाई प्रथम,दोस्रो,तेस्रो र सान्तवना गरेर नगद सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ । सहभागी कर्ताले जितियाको मौलिक परम्परा,महत्व,बिधि,फाईदाको बारेमा बोल्नु पर्ने अध्यक्ष थरुनीले बताईन् । सिविर भने १८ गते हुने आयोजक समितिले जनाएको छ ।No automatic alt text available.कार्यक्रममा आर्थिक सहयोगकालागी रामधुनी बचत समुह दोहा कतार च्यापटरले सहयोग गरेको छ । उत्थान समाज रामधुनी बिशुद्ध रुपमा थारु पर्व तथा कार्यक्रमहरु गर्दै आएकोले दोहा कतार च्यापटरले प्रत्येक बर्ष आर्थिक सहयोग गर्दै आएको छ । थारु प्रवासिहरुको सहकार्यमा गठन भएको रामधुनी बचत समुह दोहा कतार च्यापटरले थारु कला संस्कृति संरक्षण,उपचार सहयोग लगायतका कार्यहरु गर्दै आएको छ । च्यापटरका एक सदस्य रामधुनी वडा नं. २ सिवनगरटोलका सदस्य लक्षमण चौधरीले हामि प्रवासमा भएपनि आफनो नेपालीपन र आफनो संस्कारहरुको संरक्षण गर्न तत्पर रहेको बताएको छ ।

मिडिया पार्टनरमा रेडियो रामधुनी,थारु पत्रकार संघ सुनसरी,बर्णमाला दैनिक पत्रिका,हमर पाहुरा अनलाईन मिडिया,पुवैया थारु शनेसको रहने उत्थानकी अध्यक्ष थरुनीले बताईन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen