सुनिल चौधरी
ईटहरी,असोज ३ । नेपालि महिलाहरुको महान पर्व जितियाको अवसरमा थारु महिला सभा जिल्ला सुनसरीले भब्य कार्यक्रम मनाउने त्यारीकालागी बुधवार छलफल गरेको छ । जितियाको अवसरमा असोज १४ गते ईटहरी चोकमा कार्यक्रम गरी मनाउने निर्णय भएको जिल्ला अध्यक्ष शुसिला लेखिले बताईन् ।
कार्यक्रम त्यारीकालागी बिभिन्न उप समिति गठन गरेर कार्यबिभाजन गरेका छन् । आर्थिक संकलन,मञ्च ब्यवस्थापन,झाँकी ब्यवस्थापन,प्रचार प्रसार उप समितिहरु गठन गरेर महिलाहरु त्यारीमा जुटेको हो । कार्यक्रममा जितिया महत्वबारे जानकारी,जितिया नाटक,पौराणिक नृत्य र आधुनिक गितहरुमा नृत्य,जिल्लाबाट नगर र वडाहरुको झाँकी तथा नृत्य प्रस्तुतीहरु रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम सफलताकालागी सहयोगीमा थारु महिला सभा केन्द्रिय समिति,नगर समिति,वडा समितिहरु रहने जनाएको छ त्यसैगरी,थाकस नगर,थारु कानुन ब्यवसायी केन्द्रिय,थारु पत्रकार संघ सुनसरी,बिच्छु ग्रामथान संरक्षण समिति ईटहरी,थारु बिध्यार्थि सभा,युवा सभा लगायतका संघ संगठन रहने सभा जिल्ला अध्यक्ष लेखिले बताईन् ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen