सुनिल चौधरी
झुम्का,असोज १ । ईटहरी ८ स्थित रहेको बिच्छु ग्रामथान संरक्षणको पक्षमा सम्मानित सुनसरी जिल्ला अदालत ईनरुवाले फैसला सुनाएको छ । भु–माफियाले भत्काएको ग्रामथान स्थानियहरुले सो स्थानमा पुनःनिर्माण गरेपछि चलनहटक,अपहेलना मुद्धा सम्म लगाएका थिए । अन्ततः मुद्धा बिच्छु ग्रामथान संरक्षणको पक्षमा फैसला सुनाउदै धार्मिक संस्कार र परम्परा अनुसार जितिया घाट,ग्रामथान,पानिघट्टलाई चलनहटक गरेको मान्न नहुने भन्दै भदौ ३१ गते फैसला जारी गरेको हो ।
थारुहरुको बिशेष पहिचान बोकेको ग्रामथान लगायत जितिया घाट,पानि घट्ट संरक्षणकालागी थारु कानुन ब्यवसाय सभा केन्द्रिय अध्यक्ष तथा अधिवक्ता रामराज चौधरी र अधिवक्ता सारदा प्रसाद अधिकारीले बहस गरेका थिए । अधिवक्ता चौधरी आफनो बौद्धिक,बिचारले थारुहरुलाई अपहरणहुनबाट जोगाएको छ । पहिचान बिहिनहुन बाट बचाएको छ । समग्र थारुको ईज्जत जोगिएको छ । ईटहरी टेंग्राटोलका स्थानियहरुले प्रहरीको दमन,भुमाफियाको ऐन नियमको चोट खाएर पुर्व देखि पश्चिमको थारुहरुको पहिचान संरक्षण गर्न सफल भएको छ ।
स्थानिय बिच्छु ग्रामथान संरक्षण समिति ईटहरीको अथक प्रयास र थारु बुद्धिजिविको संघर्षले सम्भव भएको छ । संरक्षण समिति ईटहरीका अध्यक्ष झुमा चौधरी,उपाध्यक्ष जानकी चौधरी,सचिव साबित्री चौधरी,सहसचिव दिवस चौधरी,कोषाध्यक्ष जुनु चौधरी त्यसैगरी सदस्य निर्मला र अक्षय चौधरीको पहल संघर्ष पुर्ण रह्यो । उनीहरुलाई नै भुमाफियाले मुद्धा लगाएको थियो । बुद्धिजिवि थारु अगुवा तेजनारायण चौधरी,थारु महिला सभा केन्द्रिय सचिव शुसिला चौधरी,जिल्ला सभा अध्यक्ष सुसिला लेखि तथा जिल्ला कार्यसमिति,ईटहरीका कृयासिल युवा सुभनारायण चौधरी,केशिलाल चौधरीको अथक प्रयास र सहयोगले होष्टेमा हैसे मिल्न सक्यो ।
पछिल्लो अवस्थामा ईटहरी उपमहानगरपालिको पनि ग्रामथानको पक्षको झुकावले थप सहयोग भएको थियो । ग्रामथान मर्मतसम्हारकालागी उपमहानगरपालिकाबाट एक लाख सहयोगहुदा निर्माणमा थप बलपुगेको हो ।
रेडियो रामधुनीले बिच्छु ग्रामथान संरक्षणलागी मुद्धा उठान गर्दै दिनरात मेहनत गरेर निरन्तर सामाचार प्रसारण र सहयोगकालागी भुमिका खेलेको प्रति ग्रामथान समितिकी अध्यक्ष चौधरी र सचिव साबित्रि चौधरी लगायत स्थानियहरुले धन्यवाद ब्यक्त गरेका छन् । ग्रामथान मुद्धा बृहत उठान गरेर सफलताको साथ अवतरण भएको प्रति रेडियो रामधुनी पनि गर्व गर्ने स्थान बनाएको छ । त्यसतै संघिय समाजवादि पार्टिले ग्रामथान पुनः निर्माणकालागी समितिमा निर्णय गरेर समेत सहयोग गरेको थियो । धार्मिक तथा सास्कृतिक रुपमा रहेको धरोहरलाई संरक्षण साथ सहयोग गर्ने सम्पुर्णमा ईटहरी ग्रामथान संरक्षण समिति ईटहरीले कृतज्ञता ब्यक्त गरेको सचिव चौधरीले बताईन् ।
थारुकै ईज्जत मान प्रतिष्ठान पहिचान समाप्त गर्न लागेका भुमाफिया बिरुद्ध पुरानो संगठन भनाउदा थारु कल्याणकारीणी सभा र आदिवासि जनजाति महासंघ सुनसरीको भने कुनै सहयोग रहेन । थाकसका जिल्ला पुर्व सचिव र जनजाति महासंघका अध्यक्ष एकदिन आएर हेरेर गएको भोपिल्टबाट नाक मुख देखाउन आएन स्थानिय साबित्री चौधरीले बताईन् । स्वार्थपनले भरिएको ब्यक्तिको ब्यवहार देखायो । ग्रामथान भत्काउने क्रम्मा स्थानिय महिलाहरु दमनमा परे,लाठीचार्जबाट घाईते भए सुनसरीकै थाकस केन्द्रिय सदस्य भएका पदधारणमात्र गर्नेहरुको बिचारपनि पलाएनन् । एकपल्ट गएर सान्तवना दिनपनि उपस्थिती भएनन् । थाकसको केन्द्रिय, जिल्ला ,नगरसमितिले उल्टै बिरोध गरेको स्थानियहरुले गुनासो गरेका छन् ।
२००५ सालमै गठन भएको थाकसको उधेश्य अनुरुप अहिलेका पदधारण गरेका भनाउदा पदाधिकारीहरु पदकालागी मात्र स्थान समातिरहदा थाकसको अस्तित्वमै प्रश्न चिन्ह लागेको छ । आस गरेको संगठन निरासको मात्र पात्र बनाएपछि थाकसलाई काठको किरा जस्तै टासिएर घुन लगाउन थालिसकेको छ । ति काठको किरा जस्तै ब्यवहार भएका ब्यक्तिहरुबाट सचेत रहनुपर्ने तेजनारायण चौधरीले बताए ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen