सुनिल चौधरी
झुम्का,असोज १ । आज असोज १ गतेका दिन परापुर्व काल देखि मनाइदै आएको बाबा विश्वकर्माको पूजा भब्यताका साथ मनाईदै छ । हरेक कलकारखाना उघोग, कमप्युटर, मेशिन औजार, सवारी साधनलाई पुजा गरि ज्ञान बिज्ञान र सिपका भगवान बाबा बिश्वकर्मालाई आज सबैले सम्झने गर्छन ।

विश्वकर्मा पुजाको २१ औ शताब्दीको बिज्ञान र प्रबिधीको युगमा झन महत्व बढेको छ । बढ्दो औधोगिकी करण संगै भगवान बिश्वकर्माको पुजा महोत्सवले महत्व पाएको छ ।
आध्यात्मबाद र भौतिक बादको संतुलनले मात्र चरम बिकाश गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बिश्वकर्मा पुजा बनेको छ । बिशेष गरि हिनदु धर्मावलम्बीहरुले मनाउँदै आएको बिश्वकर्मा पुजा हिजो आज हरेक धर्म र जातका मजदुर तथ प्राबिधीकहरुले मनाउँदै आएका छन् ।

रामधुनीको झुम्का बजारमा रहेका उधोग,कलकारखाना,ग्यारेज,हार्डवेयरपसल,सवारी साधनलाई पुजागरी मनाईदै छ । यसैगरी रेडियो रामधुनीले पनि प्रबिधिहरुमा बिधिवत बिश्वकर्मा पुजागरी मनाउदै छन् ।

बिश्वकर्मा पुजाको भोली पल्ट आ–आफ्ना स्थानमा सजाएर पुजा गरेर राखिएका बिश्वकर्मा बाबाको मुर्ती बाजा गाजा, नाच गान सहित नजिकैको पोखरी तथा नदीमा लगेर सेलाईने परम्परा रहेको छ भने कसैले बिश्वकर्माबाबाको फोटो राखेर मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen