सुनिल चौधरी
झुम्का,भदौ ३० । स्काई क्लव गठन गरेर युवाहरु सामाजिक कार्यमा कृयासिल हुदै गएको छ । रामधुनी वडा नं. ३ मा गठित कृयाशिल युनिटि स्काई क्लवका युवाहरुले झुम्का स्थित आदिवासी जनजाति पार्कमा बिभिन्न जातका फुलका बिरुवाहरु लगाएका छन् ।
स्काई क्लवको आफनो कार्ययोजना अनुरुप सनिवार गर्ने कृयाकलापमा कल्वमा आबद्ध युवाहरुले युथ क्रिएशन सुनसरीको सहयोगमा बृक्षा रोपन गरेको क्लवका लिडर प्रकाश दाहाले बताए । पार्कलाई पार्क जस्तो बनाउने उधेश्यले फुलका बिरुवाहरु लगाएको लिडर दाहालले बताए । पार्क भित्र सजावट किसिमले ८० वटा बृक्षारोपन गरेको अर्का लिडर अशोक श्रेष्ठले बताए ।पार्कमा लगाएका बिरुवाहरुको संरक्षणको माग पनि गरेको छ । लगाएको बिरुवहरु स्थानियतह लगायतका सरोकारवालाहरुको पहलमा संरक्षण हुनुपर्ने सो स्काई क्लवका लिडर दाहालले अनुरोध समेत गरेको छ । झुम्का बजारको मुख्य केन्द्र बिन्दुमै रहेकोले हरियाली सहर,स्वच्छ वातावरण र सुन्दर नगरकालागी पार्क निर्माणमा ध्यान जानु आबश्य रहेको क्लवका युवाहरुले बताएका छन् । नगर बिकासकालागी योजनाहरुमा युवाहरुलाई सहभागीता गराउनु पर्र्ने आवाज पनि उठाएको छ । योजना निर्माण देखि लिएर प्रवाह गर्ने सम्म युवा सहभागीता हुनुपर्ने माग गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen