सुनिल चौधरी
झुम्का,भदौ ३० । राष्ट्रिय बाल दिवसको अवसरमा ईटहरीको एकम्बामा बाल अधिकार र प्रतिभा प्रवद्र्धनकालागी बिबिध कार्यक्रमगरी मनाएको छ । सामुदायिक बाल संरक्षण तथा समबद्र्धन उपसमितिको आयोजनामा चित्रकला,हाजिरिजवाफ,नृत्य र बत्तृmत्वकला प्रतियोगीता समपन्न भएको हो । ईटहरी १४,१५ र १६ को वडा कार्यालयको सहयोग तथा युथक्रिएशन सुनसरीले गठन गरेको स्काई क्लवहरुको सहकार्यमा समपन्न गरेको हो । द राईजिङ्ग,नेशनल,क्रेटिभ,न्यु स्काई,एक्टिभ,सनराईज स्काई क्लवले सहकार्य गरेका हुन् ।
उपसमितिका बरिष्ठ सदस्य लोक प्रसाद पराजुलिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी ईटहरी उपमहानगरपालिकाका मेयर द्धारीकलाल चौधरीले आर्थिक कमजोर परिवारका बिध्यार्थिहरुलाई शिक्षाबाट बञ्चित हुननदिन बजेट बिनियोजन गरेको बताउनु भयो । कार्यक्रममा उपमेयर लक्ष्मि गौतम,वडा अध्यक्ष दिपनारायण चौधरी लगायतका जन प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।प्रतियोगीतामा १२ बर्ष उमेर सम्मको नृत्य प्रतियोगीता तर्फ पार्वति आधारभुत बिध्यालय नरभषा (प्रथम),बाल आदर्श इन्गिलिस सेकेन्ड्रि बोर्डिङ्ग उब्धि (दोस्रो),सरस्वतीबाल क्लव(तेस्रो) र डनबस्को बोर्डिङ्ग पकली (सान्तवना) भएको छ । १८ बर्ष उमेर समुहका बाल आदर्श इन्गिलिस सेकेन्ड्रि बोर्डिङ्ग उब्धि (प्रथम),सिर्जशिलबाल क्लव (दोस्रो),सुनसरी क्रिस्टल एकेडेमी पकली(तेस्रो),पार्वति आधारभुत बिध्यालय(सान्तवना) भएको हो ।

त्यसैगरी बत्तृmत्वकला तर्फ प्रबिन सापकोटा(प्रथम),नबिन चौधरी(दास्रो)अभिषेक चौधरी(तेस्रो),शुसिल चौधरी(सान्तवना) भएको अयोजकले जनाएको छ । बालदिवसकै अवसर पारेर हाजरीजवाफ र चित्रकला प्रतियोगीताका बिजेताहरुलाई पुरस्कार बितरण समेत गरेको जानकारी दिएको छ । शिक्षा बिकासमा भुमिका खेलेको भन्दै बालबिकास केन्द्रका सहयोगी,कार्यकर्ताहरुलाई शैक्षिक सामाग्री र प्रसंसा पत्रले सम्मान गरेको छ ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen