काठमाण्डौ । कृषि तथा पशुपक्षि बिकास मन्त्रालयको रुपान्तरणको मार्ग चित्र २०७५ अनुगमन तथा सहजीकरण समितीको बैठक राज्य मन्त्री राम कुमारी चौधरीको अध्यक्षतामा मन्त्रालयको सभाहलमा सम्पन्न भएको छ । मन्त्रालयको कामकारबाही चुस्त दुरुस्त र परिणाममुखी बनाउन राज्य मन्त्री चौधरीको नेतृत्वमा अनुगमन तथा सहजीकरण समिती बनेको पहिलो बैठकमा १० बुदे निर्देशन दिएकी छिन ।
( १ ) मन्त्रालयको ५८ बुदे मार्ग चित्रको कार्यान्वयन बारे उच्च पहलकदमिका साथ कार्यान्वयन गर्ने । ,( २ ) २०७५र०५र१३ गते मा.मन्त्री जयुको अध्यक्षतामा बसेको बैठक २४ बुदे निर्देशन निर्णयलाई आत्मसात गर्न गराउन उच्च स्तरिय पहलकदमी लिने र कार्यान्वयन भएको नभएको अनुगमन गर्ने ।, ( ३ ) आ.ब.२०७५र०७६ को प्रहिलो चौमासिकको कार्यक्रमहरुलाइ छिटो छरितो तवरले गर्ने ,गराउने । भएको नभएको अनुगमन गर्ने ।, ( ४ ) सचिव ,महाशाखा प्रमुखहरू,बिभगिय प्रमुखहरू ,परियोजना प्रमुखहरु संस्थान र कम्पनी लि.प्रमुखहरूले नियमित रुपमा योजना अनुसारको काम भएको नभएको बारे बेलुकी ७ स्०० बजे भित्र र विभिन्न घटना परिघटना भएको खण्डमा बिहान ८स्०० बजे भित्र रिपोर्टिङ गरिसक्नु पर्ने ।, ( ५ ) नियमित समीक्षा बैठक बस्दा अघिल्लो बैठक बसेर निर्णय ,निर्देशन भए गरेको कार्यहरुको समस्या,चुनौती ,सम्भावना र उपलब्धिको लिखित रिपोर्टिङ गर्नु पर्ने ।, ( ६ ) सबै तहका कार्यलय प्रमुखहरू कार्यालयमा १०स्०० बजे पुगिसक्नु पर्ने र ५स्०० बजे पछि मात्रै कार्यालय बाट बाहिरीने साथै आफुमातहतका कर्मचारीहरुलाइ पनि सो निर्देशन ,अनुगमन गर्ने र गराउने । , ( ७ ) सेवाग्राही कृषकहरु सँग विनम्र भएर प्रस्तुत हुने र आफू मातहतका कर्मचारीहरुलाइ निर्देशन दिने । किसानका गुनासाहरु धैर्यतापुर्वक सुन्ने ,तुरुन्त हल गर्ने प्रयत्न गर्ने ,गराउने । नसकेको आफुभन्दा माथिल्लो तहमा रिपोर्ट गर्ने । , ( ८ ) दिनहु जस्तो कृषि क्षेत्रमा ,पशुपक्षि क्षेत्रमा किसानका समस्या हल गर्ने गराउने । , ( ९ ) खाद्य शुध्दता सम्बन्धि खाद्य पदार्थमा अखाद्य पदार्थ मिसावट रोक्न नियमित रुपमा अनुगमनलाई तिब्रता बनाउने मिसावट पाए कडा कार्वाही गर्ने गराउने । ,( १० ) किसानहरुले पाउने रासायनिक मल ,बीउ नियमित रुपमा आपूर्ति भएको नभएको ,गुणस्तरीय सामाग्री भएको नभएको ,परिणाम बमोजिम भएको नभएको कडाइ साथ अनुगमन गर्ने लगायतका बुद्धाहरु रहेको छ ।।
बैठकमा प्रमुख अतिथि मा. मन्त्री चक्रपाणि खनाल “ बलदेव “को बिशेष उपस्थित रहेको थियो भने सचीव ,सह(सचिव हरु ,बिभागिय प्रमुखहरु,परियोजनाका प्रमुखहरु ,संस्थान र कम्पनी लि.का प्रमुखहरुको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen