सुनिल चौधरी
झुम्का,भदौ २३ । युवाहरु समाज र राज्यप्रति सक्रिय नागरीक भई आर्थिक गतिबिधिमा संलग्न गराउने लक्ष्य रहेको युथक्रिएशन सुनसरीले सञ्चालन गरेको युवा बिकास परियोजनाको अनुगमन गरेको छ । अनुगमनहुदा परियोजना उपलब्धिमुलक पाईएकोे अनुगमनकर्ताले मुल्याङ्कन गर्दै कार्यक्रमको निरन्तरताकोलागी सुझाव दिएका छन् ।परियोजनामा आबद्ध युवाहरुको नेतृत्व बिकास,सिप बिकास,समाजिक कार्यमा सहभागीता भईरहेको पाइएको छ । युथ क्रिएशनले ईनरुवा ६ मधेशामा गठन गरेको सृजन शिल स्काई क्लवमा आबद्ध युवाहरुले सार्वजानिक स्थलहरुमा सरसफाई गर्ने,डस्बिन राख्ने,सडक बत्ति जडान परियोजना युवाहरुले सञ्चालन गरिसकेको छ । युवाहरुको सेवात्मककार्यबाट अभिभावक र स्थानियहरु खुसि ब्यक्त गरेका छन् । स्काई क्लवमा आबद्ध युवाहरु समाजप्रति चिन्तन मनन् गरेको देख्दा र उनीहरु प्रत्यक्ष समाजिक कार्यमा सहभागी भएको देख्दा आफु खुसि भएको स्थानिय दिलिप चौधरीले धारणा ब्यक्त गरेका छन् ।

त्यसैगरी रामधुनी वडा नं. २ शिवनगरमा रहेको रामधुनी स्काई क्लवको अनुगमनमा त्याहा वडा कार्यालयको समन्बयमा युवाहरुले गरेको बृक्षा रोपन र बालक्लवको घोषणाबारे जानकारी लिएका थिए । शिवनगरका युवाहरुद्धारा भईरहेको बिकासको पहलहरुले वडा अध्यक्ष, कर्मचारी,स्थानिय र अभिभावकहरु साकारात्मक देखिएका छन्् ।

वल्र्ड भिजन ईनटरनेशनलको साझेदारीमा आरएसडिसिले सञ्चालन गरेको उत्पादकहरुको आर्थिक सशक्तिकरण परियोजना अन्तर्गत कृषक समुहलाई गरेको सहयोग र उनीहरुले गरिहेको तरकारी खेतिको अनुगमन गरेको थियो । ईनरुवा ६ मधेशा, रामधुनी २ शिवनगर, ईटहरी १० खनार अमझोकीमा उत्कृष्ट कृषहरुको कार्यक्रम अनुगमन गरेको हो । सो कृषक समुहले आधुनिक प्रबिधि अपनाएर छोटो समयमा तरकारी खेति गर्दै धेरै आम्दानि गरेका छन् । ४६ वटा समुह मध्ये मधेशाका त्रिपुरेश्वर कृषक समुह र शिवनगरको सुजनशिल कृषक समुह उत्कृष्ट पाईएको छ । युवा बिकास अन्तर्गत ईनरुवा,ईटहरी र रामधुनीको बिभिन्न वडामा युथ क्रिएशन सुनसरीले ३६ वटा स्काई क्लव गठन गरेका छन् भने ३२ स्काई लिडर र ८ सय २३ जना युवा सदस्य रहेको जानकारी दिएको छ । उनिहरुलाई आवश्यक सामाग्री,सक्रियनागरीक सम्बन्धि तालिम,रोजगारीता र उद्यमशिलता तालिम लगायतका सहयोगहरु गरिहेकोहरु परियोजना संयोजक भबिन्द्र बि.क.ले बताए । संयुक्त अनुगममा सहभागी जिल्ला युवा समितिका अध्यक्ष हर्क जंग एभेंगले युथक्रिएशन सुनसरी र आर.एस.डिसिले गरेको कार्य उपलब्धि मुलक भएकोे भन्दै यसलाई निरन्तताको खाचो रहेको बताए ।
रामधुनी नगरपालिका प्रंमुख जयप्रकास चौधरी,वडा नं. २ वडा अधयक्ष रामनारायण चौधरी,गै.स.स महासंघका प्रनिधि बिनोद बि.क. लगायतका अनुगमनमा सहभागी भएका पत्रकार यम प्रधान, अम्बर काफ्ले,सुनिल चौधरी,जि.स.स. प्रतिनिधि,अच्युत भण्डारीले सञ्चालित परियोजनाले देश र समाजकालागी सक्षम युवा जनशक्ती तयार भईरहेको बताए । अनुगमनमा वल्र्डभिजनका हिरण्य सिंह,आरएसडिसिका आदर्श चापागाई,युथ क्रिएशनका उपाध्यक्ष अन्जु चौधरी,अनुगमन तथा मुल्याङ्कन अधिकृत शुरेस पौडेल,स्काई कोच निरज शाह,जगत कामतको सहभागीता रहेको थियो ।
   

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen