नविन चौधरी, झुम्का, सुनसरी
रामधुनीमा आज नेपाल विजुली, पेन्टस, पलम्बर तथा निर्माण मजदुर युनियन ( क्युपेक नेपाल )को तेश्रो नगर अधिवेशन सम्पन्न भएको छ । निर्माण क्षेत्रमा आवद्ध श्रमजिवी मजदुरहरुको हक अधिकार र सुरक्षाको विषयमा संगठित गरी सुरक्षित एवं मर्यादित ढंगको रोजगारको सृजनामा योगदान पुर्याइरहेको संगठन हो क्युपेक नेपाल । ६६ जिल्लामा विस्तार भएको यस संस्थाले १ लाख ६२ हजार भन्दा बढि मजदुरहरुलाई आबद्ध गराई तिनका शिप, दक्षत्ता, सुरक्षा तथा हक अधिकारको सबाललाई निरन्तर रुपमा सम्बन्धित निकाय समक्ष पुर्याउन सफल भएको जनाएको छ । यस संस्थाले हाल मजदुरहरुको हकमा विभिन्न नियमकानुन सहितको विधान निर्माण गर्न सफल भएको समेत अधवेशनमा जानकारी दिएको छ । यस संगठनमा आवद्ध मजदुरले कामगर्ने बेलामा दुर्घटना भएका दुुर्घटनाको प्रकृति अनुसार १ व्यक्तिले ७ लाख सम्मको विमा रकम घरपेटीले दिन सकिने व्यवस्था गरिएको छ ।
तिन वर्षको कार्यकाल समाप्ती पछि आज तेश्रो अधिवेशन गरिएको हो । सो अधिवेशन कार्यक्रमको खुल्ला सत्र क्युपेक नेपाल रामधुनी नगर अध्यक्ष रामनारायण चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । अधिवेशनमा मजदुरहरुलाई क्युपेक नेपाल संगठनको सृजना यसको महत्व तथा यस संगठनमा सदस्यता लिदा स्वयं लाई पुग्ने फाइदाको सम्बन्धमा अतिथि हरुले मन्तव्य राख्दै अव बन्ने नयाँ समितिलाई शुभकामना दिनुभएको थियो ।
सो अधिवेशनमा प्रमुख अतिथि क्युपेक नेपाल केन्द्रीय प्रतिनिधि परिषद उप प्रमुख कृष्ण बराल रहनुभएको थियो। विशिष्ट अतिथि क्युपेक नेपाल केन्द्रीय सचिव तथा वडा नं. १ प्रदेश ईन्चार्ज मुक्तिनाथ गिरी, अतिथिहरु केन्द्रिय सदस्य शिक्षा विभाग गनेश लामा, केन्द्रिय सदस्य तथा महिलाविभाग प्रदेश १ संयोजक गोमा राई, सुनसरी जिल्ला अध्यक्ष बालकुमार श्रेष्ठ, सचिव कमल काफ्ले, कोषाध्यक्ष अर्जुन सेहाई, सदस्य रमेश मान तामाङ लगायतका अतिथिहरुले मन्तव्य दिनुभएको थियो ।
उक्त तेश्रो अधिवेशनमा नयाँ क्युपेक नेपाल नगर समिति गठन गरिएको थियो ।  नयाँ पदाधिकारीहरुमा अध्यक्ष पदमा प्रितम चौधरी, उपाध्यक्ष पदमा टिका लम्जेल, सचिवमा निरज चौधरी, सह सचिवमा रामकुमार चौधरी र कोषाध्यक्षमा ईन्द्र बहादुर लिम्बु निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरु अवदुल रजाक, रामानन्द चौधरी, तिलाबत्ति चौधरी, विजय चौधरी, अनिल चौधरी, बाबुराम राई, कृष्ण चौधरी, बलराम विक, अनिता चौधरी निर्वाचित हुनुभएको छ । त्यसैगरी प्रमुख सल्लाहकारमा रामनारायण चौधरी, र रोहित पाण्डे चयनहुनुभएको छ । झन्डै ५५० जना मजदुरहरुको उपस्थिति रहेको उक्त अधिवेशनमा निवर्तमान सचिव रोहित पाण्डेले कार्यक्रम संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen