सुनिल चौधरी
झुम्का,भदौ २० । थारु कल्याणकारिणी सभा (थाकस) सुनसरीको जिल्ला अधिवेशन नजिकिदै जादा लगभग गाउँ,नगर कार्यसमिति पुनर गठन भई प्रतिनिधि र पर्यवेक्षक छनौट भई सकेको छ । गाउँ,नगर कार्यसमितिबाट अधिवेशनमा ७१ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुदै छ ।

संघियता अनुसार थाकसको केन्द्रिय बिधान संसोधन गर्न नसक्दा साबिककै संरचना अनुसार प्रतिनिधि छनौट गरेका हुन् । सुनसरीमा साबिक अनुसार नगरपालिका ३ वटा र गाबिस ३१ वटामा गठन भएको थियो । सोहि अनुसार नगर सभाबाट ३ र गाउँ समितिबाट २ गरी प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् ।

स्थानियतह संरचना अनुसार हालको रामधुनी नगरबाट ८ जना प्रतिनिधि रहेको छ । साबिक डुम्राहा,भासी,सिंगीया र बक्लौरीबाट दुई दुई जना गरी जम्मा ८ जना प्रतिनिधि र ८ जना पर्यवेक्षक सहभागी हुदै छन् । ईटहरी उपमहानगर पालिकाबाट ११ जना प्रतिनिधि सहभागी हुने छन् । ईटहरी न.पा.बाट ३,हाँसपोसा,पकली,खनार र एकम्बाबाट दुई दुई जनागरी ११ जना प्रतिनिधि सहभागी हुने छन् ।

त्यसैगरी बराह नगरपालिकाको साबिक बराहक्षेत्र,भरौल,महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ सभाबाट १० जना,ईनरुवा नगरपालिकाको साबिक ईनरुवा न.पा.बाट ३,मधेशाबाट २, चाँदवेला २ , बबियाबाट २ गरी जम्मा ९ जना,दुहबी नगरपालिकाको साबिक सोनापुर,दुहबी,भलुवा,तनमुना ,सिमरिया,पुर्वकुशहा गाउासभाबाट १२ जना रहने छ । प्रतिनिधिमै बर्जु गाउँपालिकाबाट ८,गढिबाट ८ र देवान्गजबाट २ रहने जिल्ला कार्यसमितिले जनाएको छ ।

ईनरुवाको बलाहा स्थित सारदा माबिमा भदौ २६ र २७ गते हुने अधिवेशन २६ गतेको खुल्ला सत्रको कार्यक्रम पुर्व उपप्रधान मन्त्रि बिजयकुमार गच्छदारको प्रमुख आतिथ्यतामा हुने जिल्ला समितिले जनाएको छ । कार्यक्रम जिल्ला अधिवेशन भब्य रुपमा सफल बनाउन जिल्ला सभा र ईनरुवा नगर सभाले ब्यवस्थापनमा जुटिसकेको छ । अधिवेशनमा जिल्लाबाट थारुहरु झाँकी सहित आउने र त्यसको ब्यवस्थापन,मञ्च ब्यवस्थापन,स्वयमसेवक खटाउने लगायतका तयारी गरिरहेको छ ।

अधिवेशन ब्यवस्थापनकालागी संयोजक गरिरहनु भएको मोहिनारायण चौधरीका अनुसार कार्य बिभाजनगरी तयारीमा जुटेको बताउनु भयो । स्थानिय बलाहा टोलवासिहरुले पनि तयारी गरीरहेको चौधरीले जानकारी दिनु भयो ।

No automatic alt text available.

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen