सुनिल चौधरी
झुम्का,भदौ ९ । रामधुनी ४ का घाँटी क्यान्सर पिडित रोसन चौधरीलाई श्री राम जानकी बचत समहु कतारबाट सहयोग जुटेको छ । ईक्राही टोल बसने भरत चौधरीको छोरा रोसन चौधरीको घाँटी क्यान्सर अपरेसनको लागी रु २० हजार सहयोग गरेको छ ।
कतारमा कार्यरत बचत समहुका सदस्यहरुले सिघ्र स्वस्थय लाभको कामनागर्दै सहयोग गरेको बतारबाट देवनारायण चौधरीले जानकारी दिएको छ । पिडितलाई रकम देवनारायण चौधरीको श्रीमती सोना चौधरीले हस्तान्तरण गरेको जानकारी दिएको छ ।
कतारबाट सहयोग गर्नेहरुमा देव नारायण चौधरी(ईक्राहि) कतारी रियाल १००, रिधीराम चौधरी ७१(ईक्राहि), मनोज चौधरी ५०,प्रदिप चौधरी १५(ईक्राही),रामकुमार चौधरी ५०(ईक्राही) , गगन चौधरी २० (ईक्राही), मंगल तामाङ ५०(मानपुर), शिव नारायण चौधरी ५०मोरङ्ग हसन्द, नरेन्द्र चौधरी ३०(झापा),दुर्गानन्द चौधरी ५०(ईक्राहि),अर्जुन श्रेष्ठ १५ मानपुर, निरमल (पाचु) थारु ४० (ईक्राहि),सरोज गिरी १०(सोनापुर), हरि नारायण चौधरी ४० (ईक्राहि), त्रिलोकचन्द ५० (डुमह्रा), अग्नु थारु (बर्दिया) ५० कतारी रियाल सहयोग गरेका हुन् ।
