सुनिल चौधरी
झुम्का,भदौ ९ । ईच्छा र योजना गर्न सके स्वदेशमै रोजगार भएर आर्थिक उपार्जन गर्न सकिने उधेश्यले रामधुनी,ईनरुवा,ईटहरीका ५० जना युवालाई उद्यमसिलकालागी ब्यवसाय योजना निर्माण तालिम दिदै सुक्रवार समपन्न भएकोछ । वल्र्डभिजन सुनसरी मोरंगको साझेदारीमा युथ क्रिएशन सुनसरीको सहयोगमा ब्यवसायको पुर्व तायरीको चरण,घरेलु तथा साना उद्योगमा दर्ता प्रकृया,लगानी,ब्यसायको प्रकृति,बजार ब्यवस्थापनकोबारेमा जानकारी दिदै तालिम समपन्न गरेको हो ।
तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि रामधुनी नगरपालिकाका उपमेयर सबिना चौधरीले राज्यको मुख ताक्नु भन्दा आफ्नै पहलमा ब्यवसाय सुरु गर्दा नफामुखि तुल्याउन सकिने युवाहरुलाई सुझाव दिनु भएको छ । कसैको आश गर्नु भन्दा पनि आफैले सुरुगरेर मेहनत गर्दा ब्यवसायबाट नाफा लिन सकिने बताउनु भयो । युवाहरुले ब्यवसायगर्दा साकारात्मक सोचले अगाडी बढ्नु पर्ने बताउदै स्थानियतहबाट युवा बिनियोजित बजेटलाई खोजि गरेर सदुपयोग गर्नु पर्ने धारणा उहाँले ब्यक्त गर्नु भयो ।
युवाहरुलाई ब्यवसायीक बनाउन स्थानिय तहको निति नियम ब्यसवाय मुखि हुनुपर्ने तालिम सहज कर्ता दिवेस चौधरीले बताउनु भयो । ब्यवसायीक करको उचित दायरा,कच्चापदार्थ उपलबधता,बजारको सिर्जना,सुरक्षित लगानी नियमहरुको कार्यन्व्यन लगायतका पुुर्वाधारहरु स्थानियतहहरुले ल्याउन सक्यो भने युवाहरु स्वदेशमै ब्यवसाय गर्न सक्ने सहजकर्ता चौधरीले आफ्नो मन्तब्य दिने क्रम्मा बोल्नु भयो ।
त्यसैगरी घरेलु तथा साना उधोग प्रमुख महिनारायण साहले दर्ता प्रकृया र कार्यालयबाट उपलबधगराईने ऋण सुबिधाको बारेमा बताउनु भएको थियो । युवालाई उद्यमसिल बनाउन पहिलो चरणमा स्तानिय तहहरुले पनि यथेस्ट सहयोगगर्नु पर्ने परियोजना संयोजक भबिनद्र बिश्वकर्माले बताउनु भयो । यो तालिम तालिमकोलागी मात्र नभएर युवाहरुलाई ब्यवहारिक ज्ञान रहेकोले कागजमा मात्र सिमित नराखेर ब्यवहारमा लागनु पर्ने संयोजक बिश्वकर्माले युवाहरुलाई उद्यमशिल बन्न सुझाव दिनु भयो ।
सो तालिमको समापनमा सहभागी युवाहरु मध्ये स्काई लिडर रमिता चौधरी र मनिता चौधरीले तालिमबाट सिकेको उपलब्धिहरु भन्दै ब्यवसाय गर्नलागी ब्यवहारिक ज्ञान लिन पाएकोले खुसि ब्यक्त गरिन् । अबका दिनमा योजना बनाएर ब्यसाय सहजरुपमा गर्न सकिने जानकारी दिईन् । तालिम बुधवार सुरु गरेर सुक्रवार सम्मपन्न गरेका हुन् । तिन दिन तालिममा योजना सम्बन्धि रबिन्द्र उराउँ,भनिरुद्र चौधरी,दिपेस चौधरीले सहजि करण गरेका थिए । तालिम समापन युथ क्रिएशनका सदस्य मिनेन्द्र चौधरीको सभापतित्वमा रामधुनी लगौना चौक स्थित कल्प बृक्ष पार्टि प्यालेसमा भएको थियो ।

