सुनिल चौधरी
झुम्का,भदौ ९ । थारु कल्याण कारीणी सभा (थाकस)केन्द्रिय र जिल्लाको अधिवेशनमा थारु महिला सभा (थामस)बाट पर्यवेक्षक र प्रतिनिधि हुनु पर्ने माग गरिएको छ । भातृसंगठन भएकोले थाकस अधिवेशनमा महिला प्रतिनिधि थामस संगठनबाटै हुनुपर्ने भन्दै सुनसरीका थारु महिला संगठ थामसले निर्णय समेत गरेर महिला समावेसिताको माग गरेको हो ।

थाकस सुनसरीको आठौ जिल्ला अधिवेश भदौ २२ र २३ गते ईनरुवाको बलाहामा हुन गईरहेको छ । थारु महिलाहरुपनि थाकसको अध्यक्ष हुन सक्ने क्षमता रहेकोले अधिवेशनमा महिलाहरुको प्रतिनिधि सहित पर्यवेक्षक थामसबाटै हुनुपर्ने माग गरेको जिल्ला अध्यक्ष सुसिला लेखिले बताईन् । थाकसको गाउँ ,नगर ,जिल्लाको अधिवेशनमा प्रतिनिधि र पर्यवेक्षक हुनुपर्ने महिलाहरुले जोडदार माग गरेको हो ।

थामस जिल्ला अध्यक्ष सुसिला लेखिको सभापतित्वमा बैठकबाट प्रस्तावहरु पारित गर्दै अगामि २०७५ सालको जितिया पर्व मनाउने सन्दर्भमा गाउँ,नगर र जिल्ला महिला सभाले जिल्लामा एक ठाउँ देखि दुई ठाउँमा मात्र औपचारिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । प्रभावकारी र सांगठनिक रुपमा अगाडी बढ्न यो निर्णय गरेको जिल्ला सभाले जनाएको छ ।

पर्वको नाममा ब्यापारीलाई प्रचार प्रसारगर्ने कुनै उधेश्यले माघि लगायतको थारु पर्व लगातार लामो समस्य सम्म नगर्ने समेत सुनसरी जिल्ला सभाले निर्णय गरेको छ । सभाको कार्यसमितिलाई प्रभावकारी बनाउन नियमित बैठककालागी प्रत्येक महिनाको पहिलो सुक्रवार बैठक बस्ने निर्णय समेत गरेको जिल्ला अध्यक्ष लेखिले बताईन् ।

त्यसैगरी थामस केन्द्रियबाट थारु महिलाहरु सांगठनिक रुपमा आफनो माग मुद्धामा केन्द्रित हुनकालागी वडा देखि नगर, जिल्ला र केन्द्रिय समिति सम्म बिधान अनुसार काम कर्तब्य गर्नुपर्ने केन्द्रिय अध्यक्ष हरि देबि चौधरीले जानकारी दिएकी छन् । कुनै कार्यक्रमको आयोजना गर्नु पर्ने भए वडा सभा देखि केन्द्रिय कार्यसमितिमा सुचना आदान प्रदान हुनुपर्ने केन्द्रिय अध्यक्ष चौधरीले बताईन् । वडाले कार्यक्रम गर्न नगरको अनुमति र नगरले कार्यक्रम गरे जिल्लाको स्विकृति लिएर गर्नु पर्ने भन्दै जिल्लाले कार्यक्रमको आयोजना गरे केन्द्रियको निर्दैशन अनुसारले गर्नु पर्ने केन्द्रिय सचिव शुसिला चौधरीले जानकारी दिएकी छन् ।

No automatic alt text available.

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen