सुनिल चौधरी
झुम्का,भदौ ८ । रामधुनी नगरलाई क्रमिक रुपमा बिभिन्न क्षेत्रमा बिकास गर्दै लगिएको छ । जनप्रतिनिधिहरु नगरपालिकाको नेतृत्व तहमा आएपछि नगरपालिकाको कर्मचारीहरु संग बिकासको पाटोमा सहकार्य गर्दै अगाडी बढिरहेको छ । आन्तरीक स्रोत खासै बलियो नभएपनि पहिलेको अवस्थालाई मध्यनजर गर्दै पछिल्लो बिकासको परिवर्तनलाई हेर्ने हो भने तुलनात्मक रुपमा केहि बिकासका कुराहरु अगाडी बढेको छ ।

Image may contain: one or more people, people sitting, living room and indoor

यसैलाई निरन्तरता दिदै रामधुनी नगरपालिकाले सामाजिक बिकास तर्फ बिशेष अगाडी बढिरहेको छ । सामाजिक बिकासलाई सार्थकता दिनकालागी नगरपालिकाले गैर सरकारी संघ संस्थाहरुको सहकार्यमा बालबालिकाको क्षेत्रमा कार्यक्रम अगाडी बढाईरहेको छ ।

रामधुनी नगरलाईनै बालमैत्रि नगर निर्माणकालागी वल्र्डभिजनको सहयोग युथक्रिएशन सुनसरीको सहकार्यमा सुक्रवारबाट नतिजा मुखि बालमैत्रिलगानी योजना तयारीकालागी दुईदिने गोष्ठि सुरु भएको छ । नगरपालिकाकै भवन अगाडि रहेको जेष्ठनागरीकको भवनमा नगरका सरोकारवालाहरुको सहभागीतामा बालमैत्रिको नयाँ संरचना अनुसार रणनिति तयार गर्न गोष्ठि भईरहेको सामाजिक बिकास शाखा प्रमुख हर्षलाल चौधरीले बताए ।

भदौ १ गतेबाट लागु भएको ऐन नियमलाई अंगालदै बालमैत्रि निर्माणकालागी आवश्यक पर्ने नयाँ संरचना अनुसारको बालमैत्रि घोषणा र घोषणा पश्चातको निरनतरताकोलागी नतिमुखि लगानी योजना ,आचार संहिता तथा अन्य ऐन नियम समेतको तयारी र जानकारीकोलागी छलफल तथा योजना निर्माण गरिने शाखा प्रमुख चौधरीले जानकारी दिएका हुन् ।

रामधुनीभासी नगरपालिका हुदा त्यतिखेर बालमैत्रि घोषणाको अन्तिम चरणमा रहेको थियो । दुई गाबिस डुम्राहा र बक्लौरी समायोजन भएर नगरपालिकाहुदा घोषणा गर्न चुनौती थपिएको थियो । रामधुनी नगर अन्तर्गत साबिक डुम्राहा गाबिसको हाल वडाहरुको भने तिन महिना अगाडि मात्रै खुल्ला दिशामुक्त घोषणा गरेको हुदा चुनौतिलाई सामना हुने कार्य भईरहेको छ । घोषणा पछि साबिक डुम्राहा गाबिस क्षेत्र र बक्लौरी क्षेत्रलाई पुर्ण सरसफाई योजनाका साथै बालमैत्रि स्थानिय शासन ल्याउदै कार्यब्यनको पक्षमा छन् । यसैले नयाँ संरचना अनुसार बालमैत्रि घोषणाकालागी नगरपालिका तयारीमा जुटेको हो ।

नगरपालिको वडा नं. २ भने बालमैत्रि घोषणा भईसकेको छ भने वडाले बालमैत्रि निरन्तरताकालागी योजनाहरु अगाडि बढाईरहेको छ । नगरलाईनै घोषणा गर्न अरु वडालेपनि घोषणाको मापदण्ड पुरा गरेर निरन्तरताकालागी योजनाहरु अगाडी सार्नुपर्ने देखिएको छ ।

सो गोष्ठिमा नगरप्रमुख,उपप्रमुख,वडा अध्यक्ष,कार्यकारी अध्यक्ष,नगरबाल सञ्जाल प्रतिनिधि,सामुदायीक बिधयालयका शिक्षक,झुम्का स्वस्थय चौकी प्रमुख,कर्मचारी,पत्रकार महा संघ प्रतिनिधि लगायतका सरोकारवालाहरुको सहभागीता रहेको छ ।

No automatic alt text available.
Image may contain: one or more people, people sitting, table and indoorImage may contain: 2 people, people smiling, people standing and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen