सुनिल चौधरी
झुम्का,भदौ ७ । युवाहरुलाई ब्यवसायिक क्षमता अभिबृद्धिकालागी रामधुनीको झुम्कामा तिन दिने तालिम सुरु भएको छ । ब्यवसायीक तथा उधमशिल भएर देश बिकासमा भुमिका खेल्न सकिन्छ भन्दै सो उधेश्यले सामाजिक ब्यवसायीक योजना उधमशिलता तालिम युवाहरुलाई दिई रहेको छ ।

No automatic alt text available.

वल्र्डभिजनको साझेदारीमा युथक्रिएशन सुनसरीले ६० जना बढि युवाहरुलाई उधमशिलता सम्बन्धि ब्यवसायिक पुर्व तयारी योजना निर्माण गर्न ३ दिने तालिम दिईरहको छ । स्काई क्लवका जागरुक युवाहरुलाई सहभागीता गराएर तालिम बुधवारबाट सुरु गरेको आयोजक संस्थाले जनाएको छ । रामधुनी,चाँदवेला,ईटहरीको पकली,एकम्बाका युवाहरुलाई तालिम दिदै उनीहरुलाई प्रथम चरणको ब्यवसायीक सुरुगर्नकालागी आर्थिक सहयोग समेत गर्ने युथ क्रिएशन सुनसरीले जनाएको छ ।

स्काई मोडेलमा आधारित परियोजनाले युवालाई सिपमा दक्ष बनाएर उद्यमिबनाउने योजना रहेको युथ क्रिएशन सुनसरीका अध्यक्ष अम्बर बहादुर राईले बताउनु भयो । आफुले गर्न चाहेको ब्यवसायलाई आधार र प्रकृति हेरी सहयोग गर्ने अध्यक्ष राईले जानकारी दिनु भयो ।
ब्यवसायीक पुर्व तयारी योजना निर्माण तालिममा युवाहरु उत्साहित भएर सहभागी जनाई रहेका छन् । तालिम रामधुनी स्थित रेडक्रश भवनको सभाहल र कल्पबृक्ष पार्टि प्यालेसमा भईरहेको छ ।

यो तालिम संगै युथ क्रिएशनकै सहयोगमा ईटहरी स्थित दक्ष सिप प्रशिक्षण तथा रोजगार केन्द्रमा ५० जना स्काई युवा युवक्तिहरुलाई बिभिन्न बिधामा तालिमहरु दिई रहेको छ ।

कुक,ईलेक्ट्रिकल,ब्युटिसियन,सिलाईकटाई मोबाईल रिपेयरिङ्ग सम्बन्धि तालिम दिईरहेको छ । ईटहरीमा भईरहेको ब्युटिसियन तालिममा सहभागी मनिषा चौधरीले आफुले यो तालिम लिएर पार्लर ब्यवसाय गर्ने सोच बनाएकी बताईन् । कुक तालिम लिईरहेका रामधुनी वडा नं. १ का रुपेश सरदारले आफ्नै होटल सञ्चालन गर्ने सोचमा छन् । तालिम पश्चात होटल ब्यवसाय गरेर उद्यमि बन्ने सोचमा रहेको सरदारले तालिममा बिभिन्न परिकार बनाउने तरिकाहरु सिकेको बताए । उनीहरुलाई पनि तालिम पछि ब्यवसाय सुरु गर्नकालागी सम्बन्धित ब्यवसायकालागी आवशयक सामाग्री हस्तान्तरण गर्ने युवा बिकास परियोजना संयोजक भबिन्द्र बिश्वकर्माले बताउनु भयो ।

Image may contain: 4 people, people sitting and indoor
Image may contain: 2 people, people sitting, table and indoorImage may contain: 4 people, people sitting, table and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen