सुनिल चौधरी
झुम्का,भादौ ४ । संघियता लागु भए संगै स्थानिय तहहरुले आफनो क्षेत्र भित्र चौतर्फि बिकासकालागी निति निर्माण गरिरहेको अवस्थामा रामधुनी नगरपालिकाले स्वस्थय क्षेत्र बिकासकालागी तर्जुमा गरिएका मुख्य निति तथा कार्यक्रमहरु सार्वजानिक गरेको छ । बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको सोमवार भएको बैठकमा गत आ.ब.को बजेट र खर्चको समिक्षा गरेको छ भने चालु आ.ब.को योजनाहरुको बारेमा जानकारी गराउदै स्वस्थय क्षेत्रमा निति ल्याएको जानकारी गराएको छ । यस भन्दा पहिले नगरपालिकाले आर्थिक ऐन सहित नगरपालिका सञ्चालन सम्बन्धि ऐन राजपत्रमा प्रकाशित गरी सकेको छ ।
प्रादेशिक र संघिय मापदण्ड अनुरुप जनरल अस्पताल,नर्सिङ्ग होम,निदान केन्द्र दर्ता,सञ्चालन अनुमति र नियमन गर्र्नेे निति रहेको सामाजिक बिकास प्रमुख हर्षलाल चौधरीले बैठकमा प्रस्तुत गरेको छ । स्वस्थय निति अनुसार आधारभुत स्वस्थय सेवाको सञ्चालन र प्रवद्र्धन,अस्पताल र अन्य स्वस्थय संस्थाको स्थापना तथा सञ्चालन,रक्त संचार सेवा तथा स्थानिय र शहरी स्वास्थय सेवा संचालन, स्वस्थय बिमा र सामाजिक सुरक्षा कार्यक्रमको ब्यवस्थापन रहेको छ ।
त्यसैगरी सुर्ति,मदिरा र लागु पदार्थजन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि गर्ने लगायत स्वस्थय जीवन सैलि,पोषण,शारीरिक ब्यायाम,योग अभ्यास,पञ्चकर्म गर्ने खालका जनस्वास्थय सेवाको प्रवद्र्धन गर्ने निति रहेको छ । रामधुनि अन्तर्गत रहेको ४ ओटा स्वस्थय चौकी र २ ओटा शहरी स्वास्थय केन्द्रले प्रवाह गरेको सेवाको परिक्षण र सेवा प्रवाहमा सुधारकालागी अगामी चैत्र महिना देखि प्रकृया शुरुगराई ०७६ को असाढ मसान्त सम्म सामाजिक परिक्षण गरिने जनाएको छ । यसकालागी बजेट पनि बिनियोजन गरेको नगरपालिकाले जनाएको छ ।
बजेटको समिक्षामा गत आर्थिक बर्षमा ४७ करोड ४६ लाख ५९ हजार बजेट रहेकोमा ४६ करोड ९९ सय हजार ८२ हजार ४ सय ९५ रुपैया खर्च हुन सक्यो भने खर्च हुन बाँकी रकम ४६ लाख ७६ हजार ५ सय ८५ रुपैया रहेको समिक्षामा आएको छ । प्रत्येक बिषयगत शाखा प्रमुखहरुले प्रस्तुत गरीएको प्रतिवेदनमा आब २०७४÷७५ नयाँ कार्य हुन नसकेपनि गतसालकै कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरेको दाबि गरे । चालु आबमा भने शिक्षा शाखा र महिला तथा बालबालिका शाखाले केहि नयाँ कार्यगर्ने योजना सार्वजानिक गरेको छ ।
शिक्षा शाखाका प्रमुख राजन गेलालले प्रतिवेदन सुनाउदै नगरमा रहेको ३६ ओटा सामुदायीक बिध्यालय मध्ये १० ओटालाई मल्टि मिडिया मैत्रि बनाएर शैक्षिक गुणस्तर सुधार गर्ने योजना तथा बजेट रहेको बताए । त्यसैगरी महिला बालबालिका शाखा प्रमुख मोनाश्री आचार्यले रामधुनी वडा नं. २ लाई बाल मैत्रि वडा घोषणा गर्न सक्यौ सो उपलब्धि भन्दै यसै बर्षमा नगरलाई बालमैत्रि नगर बनाउने योजना रहेको बताईन् ।
कृषि शाखा प्रमुख दुर्गा दुलालले प्रस्तुत गरेको प्रतिवेदनमा उपलब्धि न्युन रहेको जानकारी दिएकी छन् । माछा, तरकारी खेतिको पकेट कार्यक्रमक बाहेक अरु उपलब्धि प्रभावकारी नभएको बताईन् । चालु बर्षमा भने कृषि,पशु तथा सिंचाईकालागी १ करोड ५० लाख ८१ हजार बिनियोजित बजेटले उपलब्धि मुलक कार्यक्रम गर्ने बताईन् ।
समिक्षा तथा बैठक नगर प्रमुख तथा बहुसरोकारवाला सामाजिक जवाफदेहिता मञ्चको संयोजक जय प्रकास चौधरीको अध्यक्षतामा भएको हो । उपप्रमुख सबिना चौधरी लगायत वडा अध्यक्ष,कार्यपालिका सदस्य, बिभिन्न गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा शुसासन र सामाजिक जवाफदेहिता सम्बन्धि ऐन तथा कार्यबिधि पनि निर्माण गरीएको छ ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen