सुनिल चौधरी
झुम्का,भदौ ४ । थारु कल्याणकारीणी सभा जिल्ला सुनसरीको अधिवेसन भदौ २२ र २३ गते हुने भएको छ । जिल्लाको ८ औ अधिवेसन ईनरुवाको बलहा स्थित सारदा माबिमा हुने स्थान तोकिएको जिल्ला समितिले जनाएको छ ।
अधिवेसनमा पुर्व उपप्रधामन्त्रि बिजयकुमार गच्छदारको प्रमुख आतिथ्यता रहने जिल्ला समितिले जनाएको छ । श्रावण २२ गते अधिवेसनको मिति तोक्दै प्रमुख अतिथी राख्ने निर्णय गरेको हो । जिल्ला अधिवेसनमा प्रतिनिधि रहने ब्यवस्था पुरानै बिधान अनुसार हुने जनाएको छ । सो बिधान अनुसार संघियतामा नयाँ नगरपालिका, गाउँपालिकाको प्रनितिधि नरहेर साबिक गाउँ कमिटि र नगर कमिटि अनुसारलेनै प्रतिनिधि पठाउनु पर्ने जिल्ला समितिले जनाएको छ ।
अधिवेसन कार्यक्रम भदौ २२ गते खुल्ला सत्र हुने छन् भने २३ गते बन्द सत्र गर्दै नयाँ कार्य समिति चयन गरिने जिल्ला सचिव तथा अधिवेसन प्रचार प्रसार संयोजक मनोज चौधरीले जानकारी दिनु भयो ।