सुनिल चौधरी
झुम्का,भदौ २ । समाजमा देखिएको बिकृति बालबिवाह सम्बन्धि जनचेतनाकालागी ईटहरीको एकम्बमा “ईटहरीवासी जुटौँ, बालविवाह रोकौँ बिषयक” सनिवार बत्तृmत्वकला प्रतियोगीता समपन्न भएको छ । वाल्र्ड भिजन सुनसरी,मोरंग एलपिएको सहयोगमा युक्रिएशन सुनसरीको समन्बय गर्दै ईटहरी वडा नं. १४,१५ र १६ का बाल कल्वहरुको सहभागीतामा सम्पन्न भएको हो ।
बाल बिवाह केहो ? यसबाट उत्पन्न हुने समस्या, यसका कारण र बालबिवाह गर्ने र गराउनेलाई सजायको भागीदार बनाउनुपर्ने तार्किक शब्दहरु उठान गरेका थिए । प्रतियोगीतामा आफ्नो गहकिला तर्कहरु दिदै प्रबिन सापकोटा प्रथम भए । त्यसैगरी चन्द्रिका चौधरी र सुरज ऋिसि क्रमश दोस्रो,तेस्रो भएको स्काईकोच आरती चौधरीले बताईन् ।कार्यक्रममा बालबालिकाहरुलाई कला प्रस्फुटनकालागी नृत्य प्रतियोगिता समेत राखिएको थियो । बिभिन्न भाषाकागीतहरुमा प्रतियोगीहरु नृत्य गरेको थिए । सो नृत्य प्रतियोगितामा ईटहरी १४ लोहनीटोलका बालबालिकाहरु प्रथम भएको हो । दोस्रोमा बाल सन्देश बाल कलव नरभषा र अनन्त बालकल्व पडरीयाका बालबालिकाहरु तेस्रो भएको आयोजक संस्थाले जनाएको छ । सबिना कार्कीको सभापतित्वमा भएको सो कार्यक्रममा निमेन्द्र चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । स्काई क्लवको बारेमा बताउदै युवाहरु समाज समृद्धिमा लाग्नु पर्ने मन्तब्यको क्रम्मा स्काई लिडर रमेश चौधरीले आफनो धारणा राखेका थिए । सो तिन ओटै वडाका स्काईक्लवहरु न्यु स्काई,क्रेटिभ स्काई,द बर्निङ्ग क्यान्डल स्काई,सनराईज स्काई,एक्टिभ स्काई र नेशनल स्काई क्लवहरुको संयुक्त आयोजनामा भएको हो ।