सुनिल चौधरी
झुम्का,श्रावण ३० । थारु कला केन्द्रको अयोजनामा हुनलागेको प्रदेश १ स्तरीय मिस्टर एण्ड मिस थारुको अडिसन बिभिन्न स्थानमा हुनलागेको छ । थारु युवा युवक्तिहरुको क्षमता अभिबृद्धि गराउदै समाज प्रतिको उक्तरदायीत्व निर्वाहकालागी सञ्चालन गर्न लागेको प्रतियोगीतामा सहभागी गराउन अडिसन भदौ ५ गतेबाट हुन गईरहेको छ ।

प्रतियोगीतमा सहभागीकालागी आवेदन फर्मकालागी आब्हावान गर्दै आयोजकले बितरण गर्न सुरु गरेको छ । आवेदन पत्रकालागी सुनसरी रामधुनीको झुम्का स्थित मेजवान रेष्टुरेन्ट र रेडियो रामधुनीमा उपलब्ध रहेको कला केन्द्रका सचिव लिलानाथ गच्छदारले जानकारी दिए ।

त्यसैगरी ईटहरीमा सप्तकोशि एफ एम र मेडिया कन्सेप्टमा पाउने छन् । दुहबीमा कोचिला एफ.एम.,बिर्तामोडमा निदि ग्रुप हनुमान सेन्टर,गाईघाट उदयपुरमा डि एन कलेक्शन र होटेल टाउन हलमा उपलब्ध रहेको छ । त्यसतै बिराटनगरमा मोबाईल ओर्क सोप ट्राफिक चोक,ड्याजल डान्स म्युजिक एण्ड फिट्नेस सनिमनिदर रोड,नेता चोक मोरंग आर एन मोबाईल सेन्टरमा फर्म भरेर प्रतियोगीतमा सहभागी हुने आयोजकले जानकारी दिएको छ । आवेदन भर्नकालागी भदौ ४ गते सम्ममा भर्नु पर्ने छ ।

फर्म अनलाईनबाट पनि भर्न सकिने ब्यवस्थापन गरेको छ । धधध।तजबचगपबबिपभलमचब।अयm बाट फर्म उपलब्ध भएकोले त्याबाट भर्न सकिने छन् । फर्म भरेका प्रतियोगीहरुले अडिसनकालागी भदौ ५ गते झुम्कामा आउनु पर्ने हुन्छ । मेजवान रेष्टुरेनट एण्ड बारमा हुने जनाएको छ । त्यसैगरी भदौ ६ गते गाईघाटको होटेल टाउनमा हुने छन् । नेता चोकको नव दुर्गा मन्दिरमा भदौ ७ गते हुने छन् भने बिर्तामोडमा निदि ग्रुपमा हुने जनाएको छ । र भदौ ९ गते बिराटनगरको ड्याजल डान्स म्युजिकमा हुने आयोजकले जानकारी दिएको छ ।

सहभागीकालागी कम्तिमा एस.एल.सि वा एसईई पास भएको हुनु पर्ने छ । अबिवाहित पुरुष वा महिलाको प्रदेश १ को नागरीक्ता हुनु पर्ने छ । उमेर हदकालागी १६ बर्ष देखि माथि २५ बर्ष ननाघेको हुनु पर्ने छ । उचाईमा महिलाको ४ फिट ७ ईन्च र पुरुषको ५ फिट २ ईन्च भएकाहरुले सहभागी हुन पाउने जनाएको छ । शरिरमा कुनै किसिमको ट्याटु छन भने मान्यता नदिने आयोजकले नियममा उल्लेख गरेको छ । आवेदन भर्नकालागी योग्यता र नागरीक्ताको फोटोकपि,फोटो लगायत सिभि पेश गर्नु पर्ने छ ।

No automatic alt text available.

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen