सुनिल चौधरी
झुम्का,श्रावण ३० । युथ क्रिएशन सुनसरीले युवा बिकासकालागी गठन गरेको स्काईक्लवहरुले बिभिन्न सेवात्मक कार्यहरु गर्दै अगाडी बढि रहेको छ । आबद्ध युवाहरुको सहकार्यमा रक्तदान,जेब्रा क्रसिङ्ग र गाउँटोल सरसफाई गरेको स्काई कोच जगत कामतले जानकारी दिएको छ ।

Image may contain: 3 people, people sitting and childईनरुवा ६ मधेशामा बुलुमिङ्ग स्काई क्लव र सरप्राईज स्काई क्लवले गरेको रक्तदानकार्यक्रममा २८ पिन्ट रगत संकलन गरेको स्काई लिडर बिबिसा निरौलाले बताईन् । रगत संकलन संगै रगत समुह जाँच समेत गरेको बताएकी छन् । मधेशा स्कुलमा भएको रगत समुह जाँचमा १ सय ५० बिध्यार्थि बालबालिकाले सेवा लिएको छ । बालबालिकालाई रगत समुह जाँच गराइ उनीहरुलाई आवश्यक परेको अवस्थामा तुरन्त खोज्न सजिलो हुनेहुदा जोखिम कमगर्न सकिने प्राबिधिक सहयोग गरेका धरान रेडक्रस शाखाले जनाए ।

रक्तदानबाट मानव शरिर स्वस्थय रहने शाखा धरानले जनाएको छ । पुरानो रगतलाई निकाल्दा नयाँ रगत उत्पादनले शरिरमा उर्जा थपिने जानकारी दिएको छ भने शरिरमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउने भनाई रहेको छ । उक्त रक्तदान कार्यक्रम स्थानिय क्लवहरुको सहयोग संगै वडा कार्यालय ईनरुवा ६ त्यसैगरी स्वस्थय चौकी मधेशाको समन्बय रहेको थियो ।त्यसैगरी दुर्घटना न्युनिकरणकालागी राजमार्गमा जेब्रा क्रसिङ्ग निर्माण गरिएको छ । ब्राईट स्काई क्लव मधेशाले ट्राफिक बिट सखुवा गाछि संग समन्बयमा हलेसि चौक देखि सखुवा गाछि सम्म तिन स्थानमा निर्माण गरेको लिडर रसमि अधिकारीले बताईन् । सवारी साधनको चाप बढेसंगै दुर्घट्नाको पनि जोखिम बढिरहेकोले सर्वसाधारणलाई ट्राफिक नियमपालना गरी सडकबाटो काट्नु पर्ने अभियानकालागी सो जेब्राक्रसिङ्ग निमार्ण गरिएको जनाएको छ ।

Image may contain: 2 people, people sittingयसरीनै मधेशाको गाउँटोल सरसफाई गरेको छ । सृजनसिल स्काई र स्टार स्काई क्लवद्धारा मधेशाका बाटोहरुमा सरसफाई गर्दै सफा र सुन्दर बनाएका छन् । देशैभरी पुर्ण सरसफाईको अभियान चलिरहदा सो स्काई क्लवमा आबद्ध युवाहरुले आफनो गाउँटोलमा पनि सरसफाईगरी अभियान थालनि गरेको लिडर फनिन्द्र सुन्दासले बताए । बाटो लगायत टोलमा सरसफाई गर्दै स्थानिय टोलवासिहरुले सचेतना समेत गराईएको जानकारी गराएको छ । मानव स्वथ्य संग प्रत्यक्ष जोडिएकोले मधेशाका स्थानिय युवाहरु स्काई क्लव गठन गरी सरसफाईमा जुटेका छन् । युवा क्षमतामा अभिबृद्धि गर्दै समाजीक काममा आबद्ध गराएर नाकारात्मक बिचारलाई फ्यालेर साकारात्मक सोच तयार गर्नकालागी युथ क्रिएशन सुनसरीले सामाजिक सिकाई परियोजना सञ्चालन गरेको परियोजना संयोजक भबिन्द्र बिश्वकर्माले बताए । समाज,गाउँ,टोल,प्रदेश गर्दै देश बिकासमा युवाको अहमभुमिका होस भन्दै बिशेष गरी युवा लक्षित कार्यक्रम योजना ल्याएको बिश्वकर्माले जानकारी दिए ।

Image may contain: one or more people and outdoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen