बारा,श्रावण २४ । २४ औं विश्व आदिबासी दिवसको अवसरमा जितपुर सिम्रहामा अयोजित कृषि,भुमि तथा सहकारी राज्य मन्त्री राम कुमारी चौधरीले आदिवासीहरुले देश बिकास र संम्बृदिमा लाग्नु पर्ने बताउनु भयो । आदिवासी जनजातीहरुको आन्दोलनको बलमा संघीयता स्थापना भएकोले अब संघियतालाई रक्षा र बिकासको निम्ति हामी आदिबासी जनजातीहरुले अग्र मोर्चामा रहेर भुमिका खेल्नु पर्ने बताउनु भयो । अहिले सरकारले जनपक्षिय काम गर्दै अगाडी बढी रहेकोले आतिएको बिपक्षिहरु अनर्गल प्रचारबाजी गरेको र सरकारलाई अप्ठ्यारो पार्ने कार्यमा लागेको बताइन ।
आन्दोलनले गरेको उपलब्धिलाई संस्थागत गर्न अब हामी सबै मिलेर बिकासको बाटोमा लाग्नु पर्ने बताउनु भयो ।संबिधानमा आदिबासीहरुको पक्षमा संबैधानिक अयोगहरु पनि बनेकोले अब छिटै सरकारले पदाधिकारी नियुक्त गर्ने र यस्ले धेरै समस्याहरुको हल गर्ने बताउनु भयो । हामीलाइ विभिन्न राष्ट्रघाति तत्वहरुले उक्साउन खोजिरहेको छ तर हामी समयमित भए मात्रै हाम्रो अधिकारलाइ रक्षा गर्न सकिने बताउनु भयो । संविधानमा भएको अधिकारलाई रक्षा गर्नु मुख्य कुरा हो तर आवश्यकता परे संविधान संशोधन पनि गर्न सकिने मन्त्री चौधरीले बताउनु भयो ।नेपाल आदिवासी जनजाति समन्वय परिषद बारा ध्दारा आयोजित कार्यक्रममा प्रदेश २ का सभासदहरु ज्वाला साह, सुन्दर बिक,शोभा लामा ,सीता गुरुङ र स्थानीय प्रतिनिधिहरुको समेत उपस्तिथि थियो ।
