सुनिल चौधरी
झुम्का,श्रावण २२ । रामधुनी वडा नं. ३ स्थित रहेको झरना खोलामा डुबेर मंगलवार एकै परिवारको दुईबालबालिकाको मृत्यु भएको छ । दिनेश खड्काको ११ बर्षिय छोरी सिर्जना खड्का र ७ बर्षिय छोरा अस्विन खड्काको मृत्यु भएको ईलाका प्रहरी पकलीका प्रहरी निरिक्षक अम्बर बहादुर निरौलाले बताए ।

चतरा नहर मुनिबाट पारी बगेको ३५ देखि ४० फिट गहिरो झरना खोलाकोमा ६ घण्टा पछि दुवैबालबालिकालाई मृत अवस्थामा निकालिएको हो । डुबेर झरना खोलाको साईफन भित्र पसेकोले निकाल्न समय लागेको प्रहरीले बताएको छ । साईफनको पानी निकाल्न ईनरुवा र ईटहरीको बारुण यन्त्र लगाएको थियो । पानी केहि मात्राम कम भएपछि प्रहरीको गोताखोर टिमले अक्सिजन लगाएर शव निकालेका थिए । साईफनको पुरै पानी निकालेर शव निकाल्न दुई दिन लाग्ने अवस्था अनुमान गरेपछि प्रहरीको गोताखोर समुहले अक्सिजन प्रयोगमा ल्याएर शव निकाल्न सम्भव भएको हो ।

झुम्का कारागार नजिकै पश्चिम सिंगीया जाने बाटो साईफनमा घटना भएको हो । शवलाई शनाखत पश्चात पोष्टमार्टमकालागी ईनरुवा अस्पताल लगेको प्रहरीले बताएको छ । डुबेको बालबालिकालाई निकाल्न एपी.एफ.बराहबाहिनि पकली,गोताखोर र नेपालि सेनाको बिशेष टोली,वडा कार्यालय, नगरपालिका,झुम्का उधोग बाणिज्य संघको पहल रहेको थियो । उद्धारटोली सकुशल उद्धार गर्न नसक्दापनि कठिन कार्य छोटो समयमानै पुरा गरेर शव निकालेको प्रति स्थानियहरुले सराहाना ब्यक्त गरेका छन् । घटना लगतै प्रहरी जुट्नु, रामधुनी नगरपालिका,वडा कार्यालय तथा झुम्का उधोगबाणिज्यसंघको पहलमा तुरन्तै जेसिबि मगाएर बाधबाध्नु र गोताखोरको पहलहुनु स्थानिय माधव घिमिरेले साराहाना ब्यक्त गर्दै यो पहलले शवलाई चाडै निकाल्न सकिएकोले प्रयासमा कुनै कमि कम्जोरी नरहेको बताए ।

घटना क्रम्म…….
मंगलवार बिहान करिब ११ बजेको समयमा खाना खाएर दुबै दिदि भाई नजिकै सो खोलामा भाडा माझ्नजादा डुबेको प्रहरीले बताएको छ । प्रहरी निरौलाको अनुसार भाडा माझ्ने क्रम्मा थाल पानिमा बग्दा भाईले निकाल्न खोज्दा डुबेको र भाईलाई बचाउन खोज्दा दिदि पनि डुब्न गएको प्रहरीले अनुमान गरेको छ । मृतकका अभिभावक खड्काले भाडा माझ्न गएको बताएका थिए । खड्का पाँच बर्ष देखि नहरको डिलमा बसोवास गर्दै आएको थियो । दुबै बालबालिको आमा भने छोडेर गएकी करिब एक बर्ष भएको स्थानियले बताए । दुवै दिदि भाई बुवा संगै बस्दै आएको थियो । बुवा भने श्रमगरेर जेनतेन दुवै छोरा छोरीलाई पाल्दै आएको थियोे ।

Image may contain: one or more people, shoes and outdoor
Image may contain: 2 people, people standing, crowd, sky, tree and outdoorImage may contain: one or more people, people standing and outdoorImage may contain: sky, cloud, tree, plant, bridge, outdoor, nature and water

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen