सुनिल चौधरी
झुम्का,श्रावण २१ । नगरमा बालमैत्रि शुसासन कार्यानब्यनकालागी रामधुनी नगरपालिकाकी उपप्रमुख सबिना चौधरीको संयोजक रहनेगरी बाल संरक्षण तथा सम्बद्र्धन नगर उपसमिति गठन भएको छ । बालमैत्रि स्थानिय शासन समितिका नगर संयोजक तथा नगर प्रमुख जयप्रकास चौधरीको सभापत्विमा बसेको बैठकबाट सो समिति गठन गरिएको हो ।
समितिमा सदस्य समयोजक राजकुमार साह,सचिवमा हर्षलाल चौधरी,कोषाधयक्षमा मनिषा पाण्डे र सह सचिवमा सागर आचार्य रहेका छन् । नव गठित समितिले बाल अधिकार हनन् न्युनिकरणकालागी बिभिन्न कृयाकलापहरु अगाडी बढाईने निर्णय समेत गरेको छ । निर्णय अनुसार डेक्स स्थापना गर्ने र बालअधिकार सम्बन्धि कार्ययोजना बनाउन समिति समेत गठन गरीएको सामाजिक बिकास प्रमुख तथा समिति सचिव हर्षलाल चौधरीले बताए । डेक्समा बालअधिकार हनन्का गुनासाहरु राख्न र उजुरी गर्न सकिने सचिव चौधरीले बताए ।
त्यसतै कार्ययोजना तयारीकालागी राजकुमार शाहको संयोजकमा तिन सदस्य समिति निमार्ण समेत गरिएको छ । वडागत अनुसार बालमैत्रिकालागी आवश्यक कार्ययोजना बनाउने समितिले जनाएको छ ।
बाल संरक्षण तथा सम्बद्र्धन समिति यस भन्दा पहिले रामधुनिभासि नगरपालिकाहुदा गठन भएको थियो भने त्यसयता गठन हुन सकेको थिएन । यो गठन संगै बालमैत्रि नगर अभियानमा गति दिनसकिने समितिले जनाएको छ ।