सुनिल चौधरी
झुम्का,श्रावण २० । प्रादेशिक युवा ऐन अन्तर्गत युवा प्राथमिक्तामा निति निर्माणकालागी स्काई क्लवले बिभिन्न माग राखेर प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएको छ । युवाको अधिकार र मुभिकाको प्रस्ष्ट हुनेगरी युवा बिकासमा यथोचित बजेट बिनियोजनको माग सहित प्रदेश मन्त्रि आन्तिरिक मामिला तथा कानुन मन्त्रि हिकमतकार्कीलाई एक कार्यक्रमका बिच ज्ञापन पत्र बुझाएको हो ।
युवा लक्षित संघसस्थाको संयुक्त आयोजनामा प्रादेशिक युवा ऐन निर्माणमा अधिकार र भुमिकाबारे आईतवार ईटहरीमा गरेको कार्यक्रममा चाँदवेलाका स्काई लिडर सास्वत गौतम र रामधुनीका ग्रिष्मा लामिछानेले वाचन गर्दै सो ज्ञापन पत्र बुझाएका हुन् ।
मन्त्रि कार्की ज्ञापन पत्र ग्रहण गर्दै युवा प्राथमिक्तामा निति निर्माण गरेरनै १ नं. प्रदेश समृद्धि अभियानमा युवा परिचालन गर्नेे प्रतिबद्धता जनाउनु भएको छ । प्रदेश सरकारले पुर्णरुपमा अधिकार पाईसकेपछि युवा बिकासकालागी निति ल्याएर कृषि उत्पादनमुलक कार्यमा संलग्न गराएर प्रदेश संगै युवा समृद्धिमा जोडदिने मन्त्रि कार्कीले बताउनु भयो । संघिय सरकाले पुर्ण रुपमा कनुन बनाउने अधिकार नदिएकोले यसमा प्रदेश सरकार अन्यौलमा रहेकोहुदा संघिय सरकारले अधिकार दिएपछि युवा लक्षित अनुसारनै कानुन बनाउने बताउनु भयो । 

युवाहरु जोडदार तवरले युवाशसक्तिकरणमा लाग्नु पर्ने प्रदेस सांसद सर्वध्वज सावाँले सुझाव दिनु भएको छ । यदि कुनै निति नियमले रोक्छन् भने त्यसतो त्रुटिलाई तुरन्त संसोधन गरेर प्रदेश सरकारले युवाको पक्षमा निति बनाउने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
“युवाकालागी सुरक्षित स्थान” नारा सहित १९ औ अन्तराष्ट्रिय युवा दिवसको सप्ताहब्यापि कार्यक्रम अन्तर्गत जिल्ला युवा समितिको अध्यक्ष हर्कजंग एभेन्गको सभापतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा युथ क्रिएशन सुनसरीको सभापति अम्बर बहादुर राईले कार्यक्रमको उधेश्यबारे प्रष्टयाएका थिए भने युवा बिकास केन्द्र ईटहरीका अध्यक्ष अरुण खडकाले अवधारणा पत्र प्रस्तुत गरेका थिए । प्रस्तुत अवधारणा पत्र अनुसार समग्र युवाको शिक्षा,स्वस्थय,रोजगारी,यौन शिक्षा र सहभागीतामा प्रादेशि युवा एनले बिशेष प्राथमिक्ता दिनु पर्ने रहेको छ । सो कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी लगायत सरोकारवाला पक्षहरुको प्रतिनिधिहरु उपस्थिती रहेको थियो ।
स्काई क्लव युथक्रिएशन सुनसरीले सामाजिक सेवा कार्य सिकाईकालागी युवाहरुको सक्रियतामा गठन गरेको क्लव हुन् । स्काईक्लव युवा क्षमता अभिबृद्धि गराउदै समाजमा उत्तर दायीत्व बनाउने उधेश्यले गठन भएको हो ।

  

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen