सुनिल चौधरी
झुम्का,श्रावण १९ । रामधुनी नगरपालीकाले आफनो क्षेत्र अन्तर्गत पुर्वको राजमार्ग छेउ कान्छि चौकमा आफनो कित्तामा रहेको सिमाङ्कनमै स्वागतबोर्ड राख्दा ईटहरी १७ का स्थानियहरुले हटाएका छन् । नक्साङ्कन अनुसार ईलाका प्रहरी पकली पुरानो कार्यालय अगाडी हक्राहाखोला सम्म रामधुनीको एक कित्ता पुगेकोले त्याहा बोर्ड लगाएको रामधुनी नगरपालिकाले दाबि गरेतापनि स्थानियले ईटहरीको भनेर छलफलनै नगरी बोर्ड हटाएको हो ।
साबिक सिंगीया गाबिस वडा नं. १ ‘ख ’ को २७० कित्ता अनुसार सिमाङ्कन कान्छि चौक राजमार्ग छेउ बक्लौरी जाने बाटोको हक्राहा खोला पुल सम्म गएको देखिन्छ । वडा नं. १ का वडाअध्यक्ष चौधरीले नक्सा देखाउदै हक्राहाखोलाको पुलपारी सम्म रामधुनीको सिमाङ्कनमा देखिएको जानकारी दिए । तर हालमा वारिनै राख्दापनि स्थानियले नगरपालिकाको बोर्डनै हटाएर फाल्नु निन्दनिय भएको वडा अध्यक्ष चौधरीले बताए ।
नगर प्रमुख जयप्रकास चौधरीले यो कुनै समस्या होईन सम्बन्धित वडाका वडाअध्यक्षको उपस्थितिमा सहमतिले निराकरण गर्न सकिने बताए । सिमा विवादलाई ठुलो बनाउन खोज्नु समस्या बल्झाउनु हो त्यसैले रामधुनी नगरपालीका त्यसतो नचाहेको भन्दै यथार्थ बुझेर समस्याको सामाधान खोज्नु पर्ने बताए ।
रामधुनी र ईटहरी सिमा बिवाद हुनुभन्दा पनि नक्सा भिडाएर जहा जानेहो त्याहा बोर्ड लगाउनु पर्ने वडा नं. ३ का वडा अध्यक्ष राजकुमार चौधरीले बताए । रामधुनीको सिमा ईलाका प्रहरी पकली पश्चिमनै निस्कियो भने त्याहा राख्नपनि तयार रहेको सम्बन्धित वडाका अध्यक्ष चौधरीले बताए । कुनै छलफल नगरी बोर्डनै हटाउनु वातावरण धमिल्याउन खोजेको वडा अध्यक्षले बताए ।
ईटहरी वडा नं. १७ को सम्बन्धित सिमा भएकोले वडा अध्यक्ष भगवानलाल साहसंग मोबाईलमा जानकारी लिन खोज्दा उन्ले ईन्डियाबाट भरखर आएकोले आफु सुनेको मात्र हो यस सम्बन्धि बिस्तृत जानकारी नभएकोहुदा पछि कुरा गर्ने बताए ।