सुनिल चौधरी
झुम्का,श्रावण १७ । शिरुवा पर्वको पौराणिक मान्यता अनुसार मनाउदै आएकोे संस्कारलाई उजागर गर्दै नयाँ पुस्तालाई पर्वको बारेमा जानकारी गराउने उधेश्यले निर्माण गरीएको “शिरुवा पावैन” चलचित्र झुम्कामा प्रदर्शन गरिएको छ । धेरै पहिले देखिनै चलचित्र क्षेत्रमा आबद्ध प्रशुराम चौधरीको लेखन तथा निर्दैशनमा निर्माण भएको सो चलचित्र बृहत दर्शकहरुको उपस्थितीमा झुम्का स्थित म्याजिक सिनेमाहलमा बुधवार बिशेष शो प्रदर्शन गरेको हो ।

थारु समुदायमा बिशेष महत्व बोकेर परम्परा देखिनै मनाउदै आएको शिरुवापर्व पौराणिक बिधि,उदेश्य लगायतको भाव चलचित्रमा दर्शाएको दर्शकहरुले बताए । पर्वको उधेशय सहित धार्मिक,राजनैतिक,पारम्पारिक,अधिकार,पहिचानको सवालमा उठान गरेकोले दर्शक अनिल चौधरीेले फिल्म चेतनामुलक रहेको बताए ।

थारु चलचित्र तथा संस्कृतिक संघको ब्यानरमा निर्मित चलचित्रमा लोक परम्परा, जातिय अधिकार,राजनितिक जनचेतना, प्रेम र पारिवारिक मिलन जस्ता बिषय बस्तु“शिरुवा पावैन” चलचित्रमा समेटिएको छ । शिरुवा पर्वमा थारुहरुले खाने परिकारको बारे,पर्वलाई उल्लासपुर्ण बनाउन टोलमा बस्ने स्थानियहरुको बैठ,बर्ष भरिे सितलता प्रदानकालागी पर्वकोदिन गरिने जुरसितलको बिशेष महत्वहरुको बारेमा देखाउन खोजेको छ ।

पर्वको संरक्षण संगै समाजमा घटेका घटनाहरुलाई दर्शाउदै निर्माण गरिएको चलचित्रले युवाहरुमा जनचेतना ल्याउन सक्ने अर्का दर्शक सुमन चौधरीले बताए । यथार्थतालाई ल्याएर बनाएको सो चलचित्रमा शिरुव पर्वको दिनमा पारिवारिक मिलनहुनु अर्को ठुलो चेतना दिने काम गरेको दर्शक चौधरीले बताए । जन्म दिएको बुवाआमा बृद्ध भएपछि छोराले पालन पोषण नगर्ने,घरबाट निकालने,स्वथ्य उपचार नगर्दिने जस्ता घटना समाजमा यथार्थता रहेकोले यसलाई परिवर्त ल्याउन सक्ने चलचित्रको राम्रो पक्ष भएको दर्शकले जानकारी दिएका छन् ।


चलचित्रमा पारिवारिक दृश्य अनुसार छोरा बुहारिबाट निकालिएकी एक बृद बिवाहित छोरीको संरक्षणमा पुग्छिन् । श्रीमतिको हठले उन्को छोरा पनि आमालाई उपचारनै गर्ने अवस्थामा नहुदा सशुरालिबाट आएकी छोरीले बृद्ध आमाको दुःख हेर्दा सहन नसकेर आफनै सशुरालीमा लगेर पालन पोषण र उपचार गरीरहेको अवस्थामा शिरुवा पर्व मनाउन आएका शिक्षित नातीले पुनः फुपुकोबाट ल्याएर शिरुवा पर्वकै दिन पारिवारी मिलन गराएको र बुहारीलेपनि सासुलाई राम्रो स्याहार सुसार गर्ने प्रतिबद्धता जनाउदै फिल्मको समाप्ती गरेको छ ।


यसरी सिरुवा पर्वको अर्को उधेशय रिसरागलाई अन्तयको दिनपनि लिने गरिन्छ । नव बर्षमा जुुरसितल मनाउदै परिवार तथा ईष्ट मित्रमा रहेको बैमन्स्यता,रिसरागलाई अन्तय गर्दै समृदिको बाटो देखाउने पर्वको रुपमा शिरुवा पर्व रहेको चलचित्रले ब्याख्या गरेको छ ।
लगभग ४५ मिनेटको रहेको चलचित्र थारु भाषामा आधारि समाजका बिभिन्न घटनाहरु दर्शाउदै चलचित्र बिशेष युवा लक्षित रहेको छ । अभिनय गरेका कलाकार कुलदिप चौधरी,जानकी चौधरी,रामलाल चौधरी,जनक चौधरी, लगायतको कालाकारहरु संगै बृहत दर्शको उपस्थितीमा शो प्रदर्श गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen