सुनिल चौधरी
झुम्का,श्रावण १५ । बिदेशमा कार्यरत प्रवासि नेपालिहरुले रामधुनी वडा नं. ३ बस्ने क्यान्सर पिडित लक्ष्मि प्रसाद चौधरीलाई आर्थिक रकम सहयोग गरेको छ । रामधुनी नगरपालिका तथा अन्य नगरपालिकाका दोहा कतारमा कार्यरत रहेका प्रवासिहरुले ब्यक्तिगत रुपमा रकम संकलनगरी ४३ हजार ५ सय १४ रुपैया पठाइ सहयोग गरेको जानकारी दिएको छ ।

त्याहा कार्यरत युवाहरुले रामधुनी बचत समुह(दोहा कतार) गठन गरेर एक आपसमा सहयोगको भावना जगाई रहेको छ । सो समुहका सदस्यहरुले “सेवा नै धर्म हो“ मुलनाराको साथ आ–आफ्नो तर्फबाट रकम संकलन गरेर क्यान्सर पिडित चौधरीलाई घाउमा मलम लगाउन सहयोग गरेको सदस्य कतारमा कार्यरत सिवनगर गाउँका लक्ष्मण चौधरीले फोनमार्फत जानकारी दिए ।

No automatic alt text available.प्रवासि सहयोगकर्ता चौधरीका अनुसार पिडितलाई रकम हस्तान्तरणकालागी नेपालमा सहयोग समिति गठन गरेर अभियान चलाईरहेको सदस्य संकरलाल चौधरीको नाममा पठाएर जिवन रक्षाकालागी सहयोगमा लागेको बताए । यता रामधुनीका अभियानकर्ताहरुले दोस्रो चरणको सहयोग रकम पठाई सकेको बताए । समितिका अनुसार उपचारकालागी लाग्ने खर्च उठाईरहेका छौ क्रमश रुपमा यसरीनै तेस्रो चरणमा पठाउन सहयोगीहातहरु स्वईच्छाले सहयोग गरीरहेको जानकारी दिएको छ ।

पिडितको स्वस्थयमा सुधार देखिदै आएको परिवारजनले बताएको छ । काठमाण्डौको टिचिङ्ग हस्पिटलमा उपचार गराई रहेको चौधरीको स्वस्थ्यमा क्रमश सुधार भईरहेको जानकारीमा आएको छ । अहिले बोल्न नसक्ने अवस्थामा रहेकोले पिडित चौधरीले सामाजिक सञ्जालबाटै सहयोगी मनहरुलाई धन्यवाद दिई रहेको छ ।

पिडित चौधरीलाई सहयोग गर्नेमा बिदेशमा कार्यारत उपेन्द्र चौधरी (धमौरी)का कतारी रियाल १०६,गुलाब चौधरी क.रि.१००(धमौरा), ३.बिजय चौधरी क.रि.५० (शिबनगर),.कृतन चौधरी क .रि.५० (सितपुर) ,.उपेन्द्र चौधरी क.रि.५०(शिबनगर),मनोज चौधरी क.रि.५५ (बबिया),ज्ञानचन चौधरी क.रि.५५ (बुधनगर),जीवन चौधरी क.रि.१०० (झुमका),अशोक चौधरी क.रि.५० (शिबनगर),.पृथ्वीलाल चौधरी (झुमका) क.रि.५०,मनोज चौधरी क.रि.५० (शिबनगर),दिलिप चौधरी क.रि.१०० (शिबनगर),महेश चौधरी क.रि.१०५(लौहनी),कालुराम चौधरी क.रि.५५ (सिंगिया),किशोर चौधरी क.रि.५५ (पकली ),लक्ष्मण चौधरी क.रि.५० (शिबनगर),गणेश चौधरी क.रि.५० (बालकुण्ड),गजेन्द्र चौधरी क.रि.२५ (दुलारी),अबिन चौधरी क.रि.१०० (लौहनी),प्रकाश चौधरी क.रि.५५ (लौहनी),शम्भु चौधरी क.रि.३१(धमौरा),आनन्द चौधरी क.रि.३१ (झुमका) ,.बिनोद चौधरी क.रि.२५ (हसनपुर),बिनोद चौधरी क.रि.५० (भतगाउ),अशोक चौधरी (उब्धी)का क.रि.२५ संकलन गरि क्यान्सर पिडितलाई सहयोग रकम पठाएको हो ।

No automatic alt text available.

यसरी रेडियो रामधुनीबाट समाचार प्रसारण भएपछि थाहा पाएर कतारमा अभियान चलाइएको प्रवासि लक्ष्मण चौधरीले बताए । प्रवासि चौधरीले सहयोग संकलनगरेर पठाएको रेडियो रामधुनीमै फोन गरेर बताएको हो । सहयोगीहरु अझै जुटिरहेको बताएका छन् । रामधुनीका सहयोग अभियान समितिका संयोजक राजकुमार चौधरीले रेडियो रामधुनीबाट सामाचार प्रसारणले सहयोगमा प्रभावकारी भएको बताए । सहयोगीमनहरु आफै फोन गरेर सहयोगीहरु बढेको बताए । रेडियो रामधुनीले पिडितको जिवरक्षाकालागी खेलेको भुमिका प्रति समितिका संयोजक तथा सदस्यहरुले सराहाना ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन्् ।

Image may contain: 1 person, closeup

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen