सुनिल चौधरी
झुम्का,श्रावण १४ । रामधुनी वडा नं. २ नगरकै पहिलो बालमैत्रि वडा घोषणाको औपचारिक्ता प्रदान गरेको छ । नगरसभाबाट पारित भएपछि औपचारिक रुपमा आईतवार एक कार्यक्रगरी घोषणा गरेको हो ।
वडा अध्यक्ष रामनारायण चौधरीको अध्यक्षतामा भएको सो घोषणा औपचारिक कार्यक्रममा नगरप्रमुख जय प्रकास चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वडा कार्यलयले जनाएको छ । वडा बालमैत्रि घोषणा भएपछि अबका दिनमा वडा वासिले पुरा गर्दै आएको बालमैत्रिका सुचकहरु निरन्तरता दिनुपर्ने नगरप्रमुख चौधरीले बताउनु भयो । बालमैत्रि घोषणाहुनु नगरको पहिचानकोलागी उपलब्धिमुलक योजना रहेकोले यसलाई नगरमा आत्मसाथ लिएर अगाडी बढ्नु पर्ने भन्दै नगर उप प्रमुख सबिना चौधरीले वडा कार्यालयलाई औपचारिक घोषणाको शुभकामना ब्यक्त गर्नु भयो ।
वडा नं. २ ले बालमैत्रि वडाकालागी सुचकहरु पुरागरेको दाबि गरेका छन् । सुचकमा बाल बचाउ,बाल संरक्षण,बालबिकास बाल सहभागीता र संस्थागत सुचकहरु पुरागर्नु पर्ने हुन्छ । वडाले बालबालिकाको लागी पुरा गर्नु पर्ने तथ्याङ्क र अनुगमनले प्रकृया पुरागरेको निशकर्ष रहेको बालमैत्रि वडा संयोजक रामकुमार मोचिले बताए ।
कार्यक्रम्मा वडा नं. ९ का वडा अध्यक्ष घनश्याम चौधरी,वडा नं. ड का वडाअध्यक्ष रुद् बस्नेत, शिक्षा नगर प्रमुख राजन गेलाल,झुम्का स्वस्थ्य चौकी प्रमुख तथा नगर स्वस्थय शाखाको सह संयोजक प्रशुराम साह लगायत बुद्धिजिवी संकरलाल चौधरीले बालमैत्रि वडा घोषणा भएको सुभकामना मन्तबय राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen