सुनिल चौधरी
झुम्का,श्रावण १४ । रामधुनी वडा नं. ३ स्थित श्री जनतामाबि सिंगीयामा शिक्षकले बिध्यार्थिलाई साधारण कुट्दा खुट्टा भाचिए सम्मको सामाचार आएपछि बिध्यालयको ध्यानआकर्षण भएको छ । बिध्यार्थिले गल्ति गर्दा सम्झाउने क्रम्मा सह प्रध्यापक देवनारायण चौधरीले प्लाष्टिकको पाईपले साधारण रुपमा कुट्दा बिभिन्न सञ्चार माध्यमले खुट्टानै भाचि दिएको सामाचार सम्पे्र्रशनलाई बिध्यालयले खण्डन गरेको हो ।

ब्यवस्थापन समितिका अध्यक्ष डम्बर चौधरीको सभापतित्वमा आईतवार बसेको बैठकमा खण्डन बिज्ञप्ति निकाल्दै बिध्यार्थिको खुट्टामा हल्का चोट मात्र लागेको हुनाले, ‘फलामको रडले हानि बिध्यार्थिको भाचिए खुट्टा’ शिर्षकमा सञ्चार माध्यममा आएको सामाचार निराधार भएको ब्यवस्थापन समितिले आधार सहित ठहर गरेको छ । सामाचारमा भने फलामको रड प्रयोगगरी खुट्टा भाचिदिएको आएको थियो । रडको पाईप नभई प्लाष्टिकको पाई रहेको खुल्न आएको छ । त्यसतै खुट्टा भाचिएको भनिएपनि साधारण चोटमात्र रहेको तथ्य बिध्यालयले जानकारी गराएको छ ।

ब्यवस्थापन समितिले घटनाको सत्यतथ्य बुझ्न धरानको बिपि प्रतिष्ठानमा बिध्यार्थिको खुट्टा जाच गराउदा त्याहाबाट नभाचिएको समान्य चोट मात्र रहेको आधार आएको हो । घटनाहुदा स्थानिय मेडिकलले सहिउपचार नगरी हड्डिनै भाचि दिएको भनेर प्लास्टर गरेको थियो । प्लाष्टर गरेको दुईदिन पछि बिपि प्रतिष्ठानमा जाच गर्नजादा त्याहाबाट कुनै त्यसतो चोट नरहेको रिर्पोट देखिएको थियो । त्यसै बखत बिध्यार्थिको खुट्टामा भएको प्लाष्टर हटाएपटि सोहि दिनबाट राम्रै संगले हिडडुल गरेको ब्यवस्थापन समितिले दाबि गरेको छ । खुट्टा नभाचेको सामान्य चोट मात्र लागेको थियो भनेर बिध्यार्थि निखिल र अभिभावक बुधनि चौधरीले पनि यो कुरा स्विकार गरि सकेको छ । यसको सबै सत्यतथ्य बुझ्न समय लागेकोले केहि ढिलो गरेर बिध्यालयबाट खण्डन बिज्ञप्ति जारी गरेको अध्यक्ष चौधरीले बताए ।

बिध्यालयलाई नै बदनाम गराउनेगरी केहि स्थानियहरु बिध्यार्थिको अभिभावलाई उचालेर घटनाको अतिरन्जित बनाएको प्रति ब्यवस्थापन समितिका सदस्य प्रशुराम चौधरीले दुःख ब्यक्त गर्दै निदनिय भएको बताए । यसरी नियतबस उचालेर भाडभैलो मच्चाउनेहरुबाटसबै अभिभावक र बिध्यार्थिहरु सचेत रहन चौधरीले अनुरोध समेत गरेका छन् ।

सामुदायीक बिध्यालय मध्येमै सिंगीयाको जनता माबि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको अभिभावकहरुले बताएका छन् । साबिक सिंगीया गाबिस देखिनै अनुशासित मर्यादित वातावरणमा अध्यनअध्यापन गराउदै आएको स्थानिय तथा ब्यवस्थापन समितिका अध्यक्ष डम्बर चौधरीले बताए ।

खण्डन बिज्ञप्ति सार्वजानिक कार्यक्रम्मा ब्यवस्थापन समितिका सदस्य लिला राई,बबिता चौधर,शिक्षक प्रतिनिधि सदस्य देवनारायण चौधरी,अभिभावक समिति सदस्य मोहन राउत,बिध्यार्थि प्रतिनिधि प्रमिला राउत, लगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen