सुनिल चौधरी
झुम्का,श्रावण १३ । ईनरुवा वडा नं. ६ मधेशा स्थित राजाजी ग्रामथानमा घेराबेरा गर्न सुरु गरेको छ । ग्रामथान संरक्षणकालागी आफनो क्षेत्र भित्र रहेको कम्पाउण्डलाई घेराबेरा गर्दै ब्यवस्थित गर्न लागेको हो ।

पौराणिक मान्यता अनुसार रहेको ग्रामथान पछिल्लो अवस्थामा अतिक्रमणमापरी बिस्थापन भईरहेकोले यहापनि कुनै बिवाद नहोस भन्दै घेराबेरा लगाउन सुरुगरेको पुजारी तथा अगुवा दिपलाल चौधरीले बताए । ग्रामथानको उत्तर,दक्षिण र पुर्व तर्फ घेराबेर गर्नलागेको छ । वडा कार्यलयको सहयोगमा सो पक्कीको घेराबेरा भई रहेको हो ।

घेराबेराकालागी वडा कार्यालयबाट २ लाख रकम बिनियोजन गरेको अगुवा चौधरीले जानकारी दिएका छन् ।

सो राजाजी ग्रामथान स्थानिय मधेशाकै धुब्रकार्कीको नम्बरी जग्गामा पर्न गएको छ । नम्बरी परेपनि कार्कीले सहमतीमा दानमै दिएको अगुवा चौधरीले बताए ।

तर पछिल्लो अवस्थामा देखिएको ग्रामथानको समस्याले त्याहापनि छुन नसकिएला भन्न सकिन्न । तसर्थ चर्चेको जग्गा ग्रामथानकै नाममा गर्नु पर्ने आवश्यक्ता देखिएको छ । त्याहाका एकजना स्थानियको अनुसार पहिले ऐलानि जग्गामै ग्रामथान थिए पछिगएर ऐलानि कटेर सम्बन्धित ब्यक्तिको नाममा हुन गएको जानकारी दिएका छन् ।

मधेशा गाउँको दक्षिणमा रहेको सो ग्रामथानमा बैशाख ११ गते मेला लाग्ने गरेको छ । टोलको प्रत्येक घरधुरीबाट बेहरी संकलन गरेर सोहिदिन बोका,पाठी,१० जोर परेवा,लड्डु चढाएर बिधिवत पुजा सम्पन्न हुने गरेको ग्रामथानका अगुवा चौधरीले जानकारी दिए । मधेशामा थारुहरुको ४३ घरधुरी रहेको छ ।

Image may contain: house, tree and outdoor
Image may contain: 1 person, outdoorImage may contain: tree and outdoorImage may contain: plant, tree, house, outdoor and nature

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen