सुनिल चौधरी
झुम्का,श्रावण १२ । लागुपदार्थ दुब्र्यशन न्युनिकरणकालागी झुम्कामा सनिवार जनचेतनामुलक र्याली सम्पन्न गरेको छ । रामधुनी वडा नं. १ मा गठन भएको एक्टिभ युनाईटेड स्काई क्लवले वडा कार्यालयको सहयोगमा भासि माध्यमिक बिध्यलयको वरिपरि हुदै झुम्का बजारमा जनचेतनामुलक र्याली गरेको हो ।
बिध्यार्थि तथा युवाहरुमा लागुपदार्थ दुब्र्यशनको लत बढिरहेकोले सबैमा जनचेतनाकालागी र्यालीको आयोजना गरेको क्लवका लिडर गृष्मा लामिछानेले बताईन् । र्यालीमा बिभिन्न जनचेतना दिनेखालका प्लेकार्ड बोकेर माइकिङ्ग गर्दै नारा लगाएका थिए । ‘बिध्यालय वरिपरी नशालुपदार्थ जाड रक्सी चुरोट खैनि बिक्रि गर्न पादैन’,‘लागु पदार्थले बनाउछ जिवन खत्तम सेवन नगरे जिवन हुन्छ उत्तम’,‘छोड्न लत हात बढाऔ स्वस्थय रह्न नसा मुक्त रहौ’ लगायतका नारालगाई जनचेतना गराउदै र्याली सम्पन्न गरेकोे लिडर लामिछानेले बताईन् । भासिमाबिबाट सुरु गरेको र्याली बिध्यालय छेउको भादगाउँ सिनुवारी गाउँटोल देखि राजमार्ग हुदै झुम्का बजार, लगुना चोक,शिव चोक सम्म गरेका हुन् ।
सो र्यालीमा वडा नं. १ का वडा अध्यक्ष महेश चौधरी,ईलाका प्रहरी पकलीका प्रहरी निरिक्षिक अम्बर बहादुर निरौला तथा प्रहरीहरु,वडा सदस्य देवराज पोख्रल, ट्राफिक उपेन्द्र महत्तो तथा शिक्षक र युवा बिध्यार्थिहरुको सहभागीता रहेको थियो ।