सुनिल चौधरी
झुम्का,श्रावण १२ । थोपा थोपा समुन्द्र बन्छ भनेझै लक्ष्मि प्रसाद चौधरीको उपचारकालागी सहयोगीमनहरु जुट्दै छन् । क्यान्सर पिडित रामधुनी वडा नं. ३ बस्ने चौधरीलाई सहयोगीहातहरु जुटिरहेको छ ।

घाटिको क्यान्सरबाट थलिएपछि काठमाण्डौको टिचिङ्ग हस्पिटलमा उपचारगराई रहेका चौधरीलाई आर्थिक समस्या भएपछि रामधुनीका थारु अगुवाहरुले समिति निर्माण गरेर सहयोगालागी आर्थिक संकलनगरी २६ हजार पठाएका थिए । पिडितको समस्या सहित सहयोगको अपेक्षा सम्बन्धि रेडियो रामधुनी,रेडियो रामधुनीको अनलाईन तथा फेस्बुकमा प्रसारण भएपछि सहयोगीहातहरु बढेको समितिका संयोजक राजकुमार चौधरीले जानकारी दिए ।

Image may contain: 2 people, including Dhirendra Chaudhary

आर्थिक सहयोगकालागी बिदेशमा कार्यरतहरुले पनि सहयोग गरेको जानकारी दिएको छ । दुबईमा काम गरिरहेका रामधुनी २ बस्ने सानोज चौधरीले रु ५ हजार सहयोग गरेको समितिका सदस्य संकरलाल चौधरीले जानकारी दिए । रेडियो रामधुनीबाट आएको सामाचार सामाजिक सञ्जालमा हेरेपछि तुरन्त सहयोगकालागी खवर गरेर ब्यक्तिगत रुपमै रकम सहयोग गरेको सदस्य चौधरीले बताए । यसगरीनै रामधुनी नगरपालिका,वडा कार्यालयहरु,ईटहरी नगरपालिकाको नगरप्रमुख द्धारीकलाल चौधरी र कृष्ण खड्काको तर्फबाट २५ हजार सहयोग भएको समितिले जनाएको छ ।

यसैगरी ब्यक्तिगतरुपमा सहयोगी दाताहरुले स्वस्थयलाभको कामना गर्दै नन्दकुमार चौधरी (डुमैरिया),जिवलाल चौधरी(डुमैरिया),संकरलाल चौधरी(शिवनगर),शुरेश चौधरी नेफिन वडा नं. ३ अध्यक्ष (सिंगया), प्रशुराम शाह,चन्द्रकुमार चौधरी,टिकाराम चौधरी,दिपनारायण चौधरी,बाबुराम चौधरी,हरिनारायण चौधरी, रामप्रसाद चौधरी(कुम्याहि),होमनाथ गौतम,बद्रिनारायण चौधरी, केशिलाल चौधरी,बिषणु चौधरीले अहिले सम्म सहयोग गरिसकेका छन् ।

समितिले सहयोगको अपेक्षाकालागी अनुरोध गरेको छ । सेवानै धर्म हो र मानवले मनवलाईनै सहयोगगरेर मानवत्ताकालागी यो अभियान चलाएको समितिका संयोजक राजकुमार चौधरीले बताए । पछिल्लो सहयोगबाट संकलन भएको रकम पुनः दोस्रो चरणमा दिन लागेकोले संयोजकले बताए ।

सहयोगगर्नेहरु समाजकालागी उदाहरणीय ब्यक्तित्व भएको भन्दैे अहिले सम्म गरेका सबै सहयोगीमनहरुलाई समितिले धन्यवाद ज्ञानपन गरेको छ । समितिको सदस्य सचिवमा शिव नारायण चौधरी,सदस्य सत्यनारायण थारु,शुरेस चौधरी,राजकुमार चौधरी,बुधनारायण चौधरी रहेका छन् ।

पिडित लक्ष्मि प्रसाद चौधरीले समाज कल्याणकालागी गुणकारी भुमिका खेल्न सक्ने क्षमता भएकोले उहाँको जिवन रक्षकालागी स्वस्थय लाभकोकामना सहित सहयोगमा लागेको संयोजक चौधरीले बताए । पिडित चौधरी बिभिन्न समाजिक संघ संगठनमा रहेर समाजमा उदाहरणीय काम गर्दै आएको छ ।

सहयोग गर्नुहुने ईच्छुकले ९८०४०६०९९०,९८४२०६५७०७,९८४२०६८३८०, ९८२४३५६४४६ मा सम्पर्क गरेर सहयोग गर्न सकिने सबैमा समितिले अपिल गरेको छ ।

Image may contain: 7 people, people standing and indoor

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen