सुनिल चौधरी
झुम्का,श्रावण १० । ईटहरी वडा नं. ६ स्थित मुख्यबजारमै रहेको बिच्छु ग्रामथानमा बिहिवार धार्मिक महत्वकासाथ असारमा मनाउने ‘अखारी’ बिधिवत पुजागरी समपन्न गरेको छ । चौधरी टोलका थारुहरुले सामुहिक रुपमा आफनो संस्कार अनुसार ‘अखारीपुजा’ मनाएर पानपर्सादि ग्रहण गरेका छन् ।
गाउँघर, बालबच्चा, घरपरिवार अनिष्टहुनबाट बच्न सकोस भन्ने उधेश्यका साथ अखारी र नेमानि पुजा मनाउदै आएका छन् । ईटहरी बस्नु भन्दा अगाडी देखिनै त्याहाका थारुहरुले ग्रामथान स्थापनागरी मान्दै आएका छन् । पौराणिक मान्यतालाई निरन्तरता दिदै यसबर्षको अखारी पुजा पनि साझबाति दियोबाली आवश्यक पुजाका सामाग्री चाढाएर मनाएको हो । बिहिवार मनाएको अखारी पुजामा खिर,रोटा,फलफुल,लड्डु चढाएको पुजारी धामि बुधन चौधरीले बताए ।

धामि चौधरीका अनुसार बिश्वासको आधारमा अनिष्टबाट बच्नकालागी संसारकै सबै देवी देवतालाई यस ग्रामथानमा पुजागर्ने परम्परा रहि आएको बताए । दुई थान घर भएको सो ग्रामथानमा बिशेषगरी देवीमा पाँच बहिनी लक्ष्मि,सरस्वती,सितला,मधुमाल्ती र एक भाई राजाजीलाई पुजा गर्ने गरेको छ भने अर्को थानमा बिच्छुधामि, धमियाईन, डिहवारनी,फोदारनी, रहेको धामिले जानकारी दिए । देवी देवतालाई खिर,फलफुल लगायत बोका,अण्डा चढाईने पौराणिक मान्यता रहि आएको धामि चौधरीले बताए ।
पुजा अर्चनाकालागी दुईदिन अगाडि गाउँघरमा बेहरी संकलनगरेर अखारीको अयोजना गरेको ईटहरी चौधरी टोलकी तथा थारु महिला सभा केन्द्रिय सचिव सुसिला चौधरीले बताईन् । टोलका सबै घरधुरीबाट बेहरी उठाएर ग्राथानमा पुजा गर्ने पहिले देखिकै चलन रहेकोले सोहि अनुसार संकलन गरी बेहरीदाताहरुको नामबाट पुजा उठाएर सम्पन्न गरेको जानकारी दिईन् । पुजा गर्नेक्रम्मा स्थानिय चौधरी टोलका बालबालिका,बुद्धिजिवि देखि बृद्धबृद्धाहरुको बाक्लो उपस्थिती रहेको थियो ।

बिस्थापनकोे क्रम्मा………………………….
ईटहरी ठुलो बजारको रुपमा बिकास भएपनि ग्रामथानको संरक्षणगरी रहेका छन् ईटहरी चौधरी टोलका थारुहरुले । दायाँबाया र पछाडि ठुल्ठुला भवनहरु र अगाडी बिराटनगर धरान रोडको छेउमै बिच्छुग्रामथान रहेकोहुदा संरक्षणमा बिभिन्न समस्याहरु आईरहेको सुसिला चौधरीले जानकारी दिईन् । गोर्खा डिपार्ट मेन्ट स्टोर अगाडि उत्तर तर्फ सडक छेउमै १७ धुर जग्गा ग्रमथानको रहेको छ । जग्गा ग्रामथानकै नाम दर्ता रहेको चौधरीले बताईन् । बिराटनगर–धरान ६ लेनको सडक निर्माण भईरहेकोले थानको धेरै भाग खोसिन सक्नेछन् तर ग्रामथानको भवन भने बाँकी रहने जानकारीमा आएको छ । यसरी बाकी भागलाई समेत सडकमै पार्ने खेल भईरहेको केन्द्रिय सचिव तथा स्थानीय चौधरीले बताईन् ।

बिकास निर्माण हुनु पर्छ यसको बाधक कोहि पनि बन्नु हुदैन भन्दै यहाबाट ग्रामथानलाई स्थानान्तरण गर्नु पर्ने बाध्यत्मक भए सरकारले बिकल्प दिनु पर्ने अखारीपुजामा उपस्थित स्थानिय ईटहरीवासी तथा थारु महिला सभा जिल्ला अध्यक्ष शुसिला लेखिले बताईन् । थारुहरुको सबै ग्रामथान प्राय सडक छेउमै रहेकोले बिकल्प नदिए बिकासको नाम्मा पहिचानै समाप्त हुन सक्ने लेखिने बताएकी छन् । राज्यको सार्वजानिक सम्पतिको रुपमा ग्रामथान रहेकोले बिकल्प सहितको संरक्षण गर्नु पर्ने लेखिले धारणा राखेकी हुन् ।

         

तपाईको प्रतिक्रिया

रामधुनी आईडलको यस शनिबार श्रावण ३१ गतेको फाइनल राउण्डमा कला चाम्लिङ् राई विजेता Download Listen
कार्यक्रम मेरो अभिव्यक्ति, प्रत्येक शनिबार दिउँसो २ बजेदेखी ३ बजे सम्म Download Listen
कार्यक्रम के म तिम्रो साथी बन्न सक्छु Download Listen
Ramdhuni Samachar of 3 pm Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-३ नबिन, खगेन्द्र सुब्बा जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-२ नबिन, बिष्णु चौधरी जी को साथ Download Listen
“मेरो अभिव्यक्ति” एपिसोड-१ हेमन्त/नबिन दिनेश जी को साथ Download Listen
All-station-ID-radio-amdhuni-91.9-mhz-final-by-aashif-tharu.mp3 Download Listen
sabda sangeet final by aashif tharu falgun 15 Download Listen