सुनिल चौधरी
झुम्का,श्रावण ९ । ईनरुवा ७ स्थित सडकमा युनिक स्काई क्लवले जेब्रा क्रसिङ्ग निर्माण गरेको छ । ईनरुवा–दुहबी सडक खण्डको बर्छवा चौकमा निर्माण गरेको क्लव लिडर अर्जुन सरदारले जानकारी दिए ।
बिध्यालय क्षेत्र पर्ने उक्त स्थानमा दुर्घटनाको जोखिम बढि हुने भएकोले जेब्रा क्रसिङ्ग निर्माण गरिएको अर्का लिडर लक्षमी सरदारले बताईन् । युनिक स्काई क्लवले गरेको उक्तकार्य अत्यन्तै सह्रायिन भएको जेब्रा क्रसिङ्ग निर्माण गर्ने क्रम्मा सहभागी भएका ट्राफिक लालबाबु रायले बताए । यसले सम्भावित घटनाहरुबाट बच्नकालागी महत्वपुर्ण भुमिका खेल्ने बताउदै युवाहरुको समुहमा गठन भएको स्काई क्लवले यसरीनै सेवात्मक कार्यहरु गर्दै अगाडी बढ्न सुभकामना दिए । सडक क्रसगर्दा जेब्रा क्रसिङ्गबाट आवत जावत गर्न त्याहाका स्थानियहरुलाई सुझाव समेत दिए ।
युवामा नेतृत्व क्षमता बिकासकालागी वल्र्डभिजनको सहयोगमा युथक्रिएशन सुनसरीले स्काई क्लव गठन गरेर नगरकार्यपालिका र वडाकार्यालयहरुको समन्बयमा सामुदायीक हितकालागी कार्य गर्दै आएको छ । सुनसरीको बिभिन्न स्थानिय तहमा गठन भएको सो क्लवहरुले सरसफाई,दुब्र्यसन,छुवाछुत लगायत जनचेतना मुलक कार्यहरु गर्दै आएको र अगामि दिनहरुमा पनि गर्दै जाने स्काई कोच जगतकामतले जानकारी दिए ।